Butwal Sandesh

Best Nepali Online Newspaper

सरकार ढ,लाउने खेल जहाँबाट खेलिएको भए पनि स्विकार्य हुने छैन : शान्ता चौधरी

Spread the love

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादमा पूर्वएमाले र पूर्वमाओवादीको कित्ताकाट स्पष्ट देखिएको छ।पूर्वमाओवादी नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई असक्षम भन्दै हटाउने पक्षमा छन् भने पूर्वएमालेको एउटा पक्ष ओलीलाई नै प्रधानमन्त्री बनाइराख्ने प्रयासमा छ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी पनि अहिलेको विवादमा अगाडि देखिएकी छिन्। चौधरीले सरकार ढाल्ने खेलमा लागेको भन्दै नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्मामाथि खुलेरै प्रहार गरेकी छिन्।एमाले कोटाबाट सचेतक भएकी चौधरीले सरकार ढाल्ने खेल कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएकी छिन्।

उनले लेखेकी छन : “कमरेड लेखराज भट्ट , टोपबहादुर रायमाझी र दिननाथ शर्माहरुको तर्क र अडानलाई सम्मान व्यक्त गर्दछु । पदको कुनै पर्वाह छैन, सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन, भुँईमा बस्न तयार छौं , एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं। सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्विकार्य हुने छैन ।”

लकडाउन कारण रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आजदेखि दुल्लू नगरपालिकामा सञ्चालन गरिएको छ । दुल्लु नगरपालिका अन्तर्गत रहेका ४२ वडा खोप केन्द्रहरुबाट त्यस क्षेत्रका सबै बालबालिकालाई खोप लगाइने जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । नवजात शिशु जन्मेदेखि १५ महिना नपुगुन्जेलसम्म लगाइने खोपअन्तर्गत छुटेका खोपहरु लगाइने छ । जिल्लामा ११ स्थानीय तह रहेको भए पनि अन्य १० तहमा अर्को महिनाको पहिलो सातादेखि खोप कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

नियमित रूपमा लगाउने खोपहरु लकडाउनका कारण त्यस क्षेत्रका हजारौँ बालबालिका खोप लगाउनबाट वन्चित भए पनि आजदेखि त्यो पूरा हुने उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *