Butwal Sandesh

Best Nepali Online Newspaper

ओली हटाए दुं*र्घटना हुन्छ : गोकुल बास्कोटा (पुरा भिडियो)

Spread the love

काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाले मन्त्री पदबाट हटेपछि पहिलोपटक अन्तवार्ता दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाविना सरकार परिवर्तन नहुने स्पष्ट पारे । पछिल्लो पटक उठेको सांसद डा. सुरेन्द्र यादव अ*पहरण प्रकरणलाई उनले छलछाम र जा*लझेल भनेका छन् । यसै विषयमा पूर्वमन्त्री बाँस्कोटासँग ऋषि धमलाले गरेको कुराकानीः

तपाईं मन्त्रीबाट हटिसकेपछि प्रधानमन्त्री कमजोर बन्दै जानुभयो नि ?

तपाईंको कुरालाई म अ*स्वीकार गर्छु । यो सबैले बुझ्नुपर्छ । २०७४ सालमा भएको चुनाव र त्यसको जनादेश अरुको कारणले होइन । केपी शर्माको अपिलमा आएको थियो । त्यसभित्र तत्कालीन एमालेको सुदृढ संगठन, सुविचारित लोकतान्त्रिक चरित्र । प्रजातान्त्रिक कम्युनिस्ट र राष्ट्रवादी आन्दोलनमा पुर्याएको योगदानले आएको हो । उहाँको सुविचारले यो जनमत प्राप्त भएको हो र आज पनि उपलब्ध छ । चुनावका बेला तत्कालीन नकपा माओवादीसँग चुनावी मोर्चा या तालमेल मात्रै थियो । त्यो तालमेल निकै फड्को मा रेर पार्टी एकताको बिन्दुमा आइपुगेको छ । अहिले केपी ओली कम*जोर होइन झन् सुदृढ र झन् बलियो बन्नुभएको छ ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *