Butwal Sandesh

Best Nepali Online Newspaper

चीनले चाहेको भए कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन : डोनाल्ड ट्रम्प

Spread the love

एजेन्सी, १६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले चाहेको बाहे कोरोना भाइरस सं*क्रमणबाट विश्वलाई जोगाउन सक्ने बताएका छन् ।

उनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बेइजिङ चाहेको भए अमेरिका मात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै ग,म्भीर अनुसन्धान गरिरहेको ट्रम्पले दावी गरे ।

‘हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,’ ट्रम्पले भने, ‘तुरुन्तै रोक्न सक्ने अवस्था थियो, चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो ।’

पहिलोपटक उ*हानमा कोरोना सं*क्रमण देखिएपछि ट्रम्पले चीनमाथि लगातार भ*ड्काउ टिप्पणी र आलोचना गरिरहेका छन् । कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले आफ्नै देशमा मानवीय ह’ता’ह’ति भइरहँदा पनि सुरक्षाका लागि पहल गरेका थिएनन् ।

तर यतिखेर आएर ट्रम्पले म*हामारी नियन्त्रण गर्न पहिले नै आफुले अमेरिकाको सिमाना चीनका लागि बन्द गरिदिएको बताएका छन् ।

यता विशेषज्ञहरुले चाहिँ अमेरिकासँग म*हामारी नियन्त्रणका लागि पर्याप्त समय भएपनि ट्रम्प प्रशासनले नि*यन्त्रण गर्ने अवसर गुमाएको बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *