Butwal Sandesh

Best Nepali Online Newspaper

हामीले पठाएका कामदार र रोजगारदातासंग निरन्तर सम्पर्कमा छौं – म्यानपावर संचालकहरु

Spread the love

काठामाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्व श्रमबजार ठ,प्प छ । श्रम गन्तव्य मुलुकहरुमा समेत लकडाउनका कारण अधिकांश उद्योग कलकारखाना ब,न्द अवस्थामा रहेका छन् जसका कारण ती क्षेत्रहरुमा कार्यरत कामदार काम वि,हीन बनेका छन् ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस म*हामारीका कारण सन् २०२० को अप्रिल देखि जुनसम्ममा खाडी क्षेत्रका मुलुकहरुमा सवैभन्दा धेरै प्रतिशत रोजगारी गु,म्ने अवस्था रहेको जनाईसकेको छ । आईएलओले रिपोर्ट अनुसार खाडी क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गु,म्नेछ ।

सरकारले गत फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन ब,न्द गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा रहेका नेपालीलाई अहिलेको अवस्थामा जो जहाँ छ, त्यंही नै सुरक्षित रुपमा बस्नको लागि अनुरोध गरेको छ ।

गत आर्थिक वर्षमा कुल ५ लाख ८ हजार ८२८ जनामध्ये संस्थागत रुपमा (म्यानपावर कम्पनीबाट) १ लाख ९१ हजार २७ पुरुष र १७ हजार ३ सय २५ महिला गरि कुल २ लाख ८ हजार ३ सय ५२ जना वैदेशिक रोजगारीमा गएका छन् । हालसम्म खाडी सहितका देशमा कार्यरत नेपाली कामदारको संख्या ४० लाख भन्दा धेरै रहेको सरकारी तथ्यांक छ ।

कोरोना म*हामारीका बेला आउनसक्ने समस्या समाधानका लागि विदेशस्थित नेपाली दूतावासले सक्रिय रुपमा लागेका बताउंदै आएका छन् । श्रमिकको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका समिति लगायत विभिन्न संघ संस्थाहरु क्रियाशील रहँदै आएका छन् तरपनि कतिपय रोजगारदाता कम्पनीले कामदारको लागि उचित व्यवस्थापन गर्न नसकेको, कामदारहरुलाई खान समेत समस्या हुने गरेको गुनासो आउन छोडेका छैनन् । यसै सन्दर्भमा नेपालका म्यानपावर कम्पनीहरुले कसरी समन्वय गरिरहेका छन् त ? भन्ने विषयमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार विदेश पठाएका टप ५ म्यानपावर संचालकसंग साझा सवालका लागि मनोज पराजुलीले गरेको कुराकानीको सम्पादित अंश :

९० प्रतिशत कामदारले काम गरिरहेका छन् : रघु पुरी
द रिभर ओभरसिज

गतवर्ष ५ हजार २ सय ५८ जना कामदार विदेश पठाएर धेरै कामदार विदेश पठाउनेमध्ये सबैभन्दा पहिलो नम्बरमा परेको थियो । कोरोना महामारीका समयमा कामदारका गुनासा आउन सक्ने भन्दै द रिभरले एक टिम नै बनाएर रोजगारदाता, कामदार तथा दुतावासहरुसंग दैनिक रुपमा जानकारी लिइरहेको संचालक रघु पुरी बताउँछन् ।

रोजगारदाता कम्पनीमा निरन्तर सम्पर्कमा रहेर कामदारको अवस्था बारे बुझिरहेका छौं, द रिभर संचालक पुरीले भने ‘कम्पनीमा हरेक दिन कुराकानी भैईरहेको छ, अहिलेसम्म केहि समस्या देखिएको छैन ।’ रिभरबाट गएका मध्ये लगभग ९० प्रतिशत कामदारले अहिलेपनि काम गरिरहेको उनले बताए । होटलहरु बन्द भएका कारण काम बन्द भएको तर उनीहरुलाई खान, बस्न र न्युनतम तलब कम्पनीले उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

दुतावासहरु, एनआरएनए लगायत विभिन्न संघ संस्थासंग बुझदा साना साना कम्पनीहरु र ट्याक्सी ड्राइभर काम गर्नेहरु प्रभावित भएको जानकारी पाएको उनको भनाई छ । विशेषगरि क्लिनिङ्ग, क्याटरिङ, सेक्युरिटी लगायतका क्षेत्रका टप कम्पनीहरुमा कामदार विदेश पठाएको छ । म्यानपावरले कामदारको सुरक्षा साथै स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर काममा लगाउन रोजगारदाता कम्पनीहरुलाई अनुरोध गर्दै आएको पुरीले बताए ।

रोजगारदातासंग निरन्तर सम्पर्कमा छौं : हेम गुरुङ

गत आर्थिक वर्षमा ४ हजार २ सय ८१ जना कामदार विदेश पठाएर एसओएस म्यानपावर सर्भिस धेरै कामदार पठाउने मध्ये दोश्रो नम्बरमा परेको थियो । विशेषगरि खाडीका देशमा श्रमिक आपूर्ति गर्दै आएको एसओएसले विदेश पठाएका कामदारको हकमा हाल कुनै समस्या नदेखिएको संचालक हेम गुरुङले बताए ।

कोरोना म*हामारीको समयमा रोजगारदाता कम्पनीसंग पनि निरन्तर छलफल भैईरहेको छ, उनले भने ‘सबै देशमा लकडाउन जस्तै अवस्था देखिएको छ, यस अवधिमा कसैले तलब नपाएको, खान, बस्न समस्या भएको बारे एसओएसलाई जानकारी आएको छैन ।’ पटक पटक रोजगारदाता र कामदारहरुसंग नियमित जसो सम्पर्क गरिएको छ, यदि कोहि समस्यामा परेको बारे जानकारी आएमा तत्काल समस्या समाधान गरिने उनले बताए ।

कामदार कटौती गर्नुपर्ने अवस्था आएमा जसले २ वर्ष करार अवधि पुरा गरेको छ, सो भन्दा बढी कम्पनीमा काम गरिरहेको छ, उनीहरुलाई त्यसमा समावेस गर्न रोजगारदातालाई सुझाव दिएको गुरुङले बताए । जो पछिल्लो समय कम्पनीमा पुगेको छ, उनीहरुलाई करार अवधिसम्म काम गर्ने वातावरण बनाएर नयाँलाई होल्ड गरेर राख्न सुझाएको उनी बताउँछन् ।

कोरोना म*हामारीका कारण अबका दिनमा फ्यासिलिटी म्यानेजमेन्ट तथा फुड रेस्टुरेन्टमा काम गर्नेलाई समस्या देखिने अवस्था आउने भएकोले ति क्षेत्रबाट कामदार कटौती हुनसक्ने उनले बताए । विदेशबाट नयाँ माग तत्काल आउने सम्भावना पनि नभएको उनको भनाई छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा बनेको विपद ब्यवस्थापन समिति मार्फत पनि नियमित समन्वय र छलफल भइरहेको उनले बताए ।

अहिलेसम्म कुनै समस्या आएको छैन: नवराज खत्री केशी

बि. स. २०५७ सालदेखि नेपाली कामदार वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएको प्याराडाइज इन्टर्नेशनल प्रा. लि गत आर्थिक वर्षमा मात्रै ३ हजार ३ सय २७ जना विदेश पठाएर सबैभन्दा धेरै कामदार पठाउने मध्ये तेश्रो नम्बरमा परेको थियो । हस्पिटालिटी सेक्टरमा बढी संख्यामा कामदार विदेश पठाएको यस कम्पनीले दुवई, साउदी, कतारका साथै केहि संख्यामा बहराइन, कुवेतमा पनि कामदार पठाउँदै आएको छ ।

प्याराडाइज इन्टर्नेशनलबाट विदेश पठाइएका कामदारको अवस्था के छ भन्ने प्रश्नमा म्यानपावर संचालक नवराज खत्री केशी भन्छन्, ‘यस संस्थाबाट जति संख्यामा कामदार विदेश पठाएका छौं उनीहरुको बारे कुनै समस्या आएको छैन ।’ कम्पनीहरुका कारण कामदार समस्यामा परेको कुनै गुनासो प्राप्त नभएको उनले बताए । तर कोरोना भाइरसको त्रा*सले केहि कामदार आँफै नेपाल फर्कन चाहेका बारे सम्पर्कमा आएका उनले बताए ।

विश्वव्यापी म*हामारी भएका कारण अहिले नेपालमा पनि लकडाउनको बेला छ, जहाजहरु केहि चलेको छैन, तिमीहरु अहिले तत्काल नेपाल आउने कोशिस नगर भनेका छौं, केशीले भने ‘कम्पनीले आवश्यक सबै सुविधा दिएको छ, कुनै समस्या भए कम्पनीले नै समाधान गरिदिन्छ, नभए म्यानपावरले नै कुरा गरेर समाधान गरिदिन्छ ।’ कोहि कामदारलाई खाने, बस्ने ड्युटीको असुविधा भए म्यानपावरमा सम्पर्क गर्न सकिने उनले बताए ।

युएईको अर्थतन्त्रमा नै समस्या देखिन्छ कि भन्ने कुरा रोजगादाताले गरेका छन् तरपनि हाल कार्यरत कामदार कटौती गर्ने कुरा भएको छैन केशीले भने ‘तत्काल नयाँ डिमाण्ड आउन सक्ने अवस्था नदेखिकोले अबका केहि समय वैदेशिक रोजगार ठप्पप्राय: नै हुनेछ ।’

वैदेशिक रोजगार नै ठप्प भएको अवस्थामा म्यानपावर व्यवसायीले धरौटी बापत राखेको रकम व्यवसायीलाई केहि समयका लागि फिर्ता गरिदिनुपर्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पहल गर्नुपर्ने र सरकारले फिर्ता गरिदिनुपर्नेमा उनले जोड दिए ।

हस्पिटलिटी र सर्भिस क्षेत्रमा बढी प्रभाव पर्यो : पदमराज पौडेल

कोरोना म*हामारीका कारण कामदार रोजगार कटौती हुने अवस्था देखिएको भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पदमराज पौडेल बताउँछन् । भिजन मार्फत धेरै संख्यामा कामदार हस्पिटलिटी र सर्भिस क्षेत्रमा पठाएको तर अहिले कोरोना महामारीले गर्दा सबैभन्दा धेरै प्रभाव नै यसैमा परेका कारण रोजगार कटौती हुनसक्ने पौडेलको भनाई छ ।

भिजन एण्ड भ्यालु गतवर्ष २ हजार ३ सय ६० कामदार विदेश पठाएर चौथो नम्बरमा परेको थियो । ‘अहिलेसम्म भिजन म्यानपावरबाट गएका कामदारहरुले काम गरिरहेका छन् तर केही कम्पनीमा कामदार कटौती गरेका कारण क्याम्पमा सुरक्षित रुपमा राखेका छन्’, उनले भने ।

अर्जेन्ट नपरेका कामदारहरुलाई रोजगारदाता कम्पनीले क्याम्पमा राखेका छन् पौडेलले भने ‘यो महिनाबाट खान बस्न त दिने तर तलब कटौती गर्न सक्छन् ।’ सम्बन्धित देशको कानून, कम्पनीको आर्थिक अवस्थाका कारण सबैले कामदारलाई यो अवधिको तलब दिनेछन् नै त भन्न नसकिने उनले बताए तर व्यवसायीले आफुले पठाएका नेपाली श्रमिकलाई तलव दिलाउन पहल गर्ने उनी बताउँछन् ।

हालसम्म कामदारलाई खाने बस्ने समस्या नदेखिएको तर त्यस्ता समस्या आएपनि खाने बस्ने व्यवस्था गर्न कम्पनीलाई जानकारी गराउने पौडेलको भनाई छ । लकडाउन अवधि सकिए लगत्तै करिव ४० प्रतिशत कामदार नेपाल फिर्ता हुनसक्ने भएकोले नेपाल सरकारले सम्बन्धित देशसंग सरकारी तवरबाट कुराकानी गरेर नेपाली कामदार कटौतीलाई पहिलो प्राथमिकतामा नराख्न अनुरोध गर्नुपर्नेमा उनले जोड दिए ।

कोरोना म*हामारीको समयमा विदेशमा रहेका कामदार संयमित भई केहि समयका लागि पुग्ने खाद्यान्न संचिति गर्न उनले सुझाव दिए । विदेशमा अनावश्यक खर्च नगर्ने र आफ्नो सुरक्षा आँफैले गर्न सकिए राम्रो हुने उनले बताए ।

कामदार सुरक्षित रुपमा काम गरिरहेका छन् : टिका शिवाकोटी

विगत १५ वर्षदेखि सस्थागत रुपमा वैदेशिक रोजगारीमा कामदार पठाऊदै आएको अन्जली ओभरसिज सर्भिसले ३५ हजार भन्दा बढीलाई विदेश पठाइसकेको छ । मुख्यत युएई, मलेसिया, कतारमा नेपाली कामदार पठाउँदै आएको अन्जली ओभरसिजले गत आर्थिक वर्षमा मात्रै २ हजार १ सय १९ जना विदेश पठाएको थियो । संथागत रुपमा नै गएका कामदारहरु अहिलेको अवस्थामा पनि सुरक्षित रुपमा काम गरिरहेको अन्जली ओभरसिज सर्भिसका संचालक टिका शिवाकोटी बताउँछन् ।

अन्जली मार्फत विदेशमा गएका कामदार काम छोडेर बसेका बारे कुनै जानकारी प्राप्त भएको छैन शिवाकोटीले भने ‘नियमित रुपमा कामदार काममै छन्, कम्पनी बन्द भएको अवस्था छैन, सम्बन्धित देशका दुतावासमा समेत कुनै गुनासो पुगेको जानकारीमा आएको छैन ।’

हिजो र आज कार्यक्षेत्र सुरक्षित नै छ, भोलिको अवस्थाबारे परिस्थिति अनुमानको गर्न नसकिएको उनी बताउँछन् । लकडाउनको अवस्थामा म्यानपावर कार्यालय बन्द भएपनि डिजिटल प्रविधि मार्फत आफ्ना नेटवर्क सुचारु गरि श्रमिकका गुनासा आए सम्बोधन गरिने उनले बताए ।

अन्जली मार्फत नै गएका एक जनाको नेपालमा लकडाउन अवधि अगाडी नै युएईमा नि*धन भएको र श*व नेपाल ल्याउन परिवारलाई सम्पर्क गराइएको उनले बताए । साथै परिवारको नै सहमतिमा युएईमा नै श*व दासस्कार गरिन कानुनी प्रक्रिया शुरु भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *