Butwal Sandesh

Best Nepali Online Newspaper

अन्ततः सहि सदुपयोग होस् भन्दै शेष घलेले दिए नेपालको कोरोना उपचार कोषमा ३ करोड

Spread the love

काठमाडौं, बैशाख १४ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् ।

घले र उनकी पत्नी जमुना गुरुङको नाममा रहेको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको हो ।

आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई कोषका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेको जानकारी दिइएको छ । आफूहरु स्वयं उपस्थित हुन चाहेपनि यात्रामा भइरहेको अ*वरोधका कारण नसकेको गुरुङले जनाएका छन् ।

वक्तव्य जारी गर्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले भनेका छन, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नि*यन्त्रण र नि*र्मूलका लागि परीक्षण, नि*गरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’

कोरोना म*हामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे । तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै म*हामारीबिच वैवाहिक बन्धनमा बाँधिएका छन् ।

तर सिओलका जिसु हा र जी–य ले कुनै विवाह समारोहमा नभई एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन् ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो । कम्पनीले म*हामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने उद्देश्यसहित सञ्चालित अभियान अन्तर्गत यो कदम चालेको बताइएको छ ।

उनीहरुको ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

विवाह हलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तसँग कुराकानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *