Butwal Sandesh

Best Nepali Online Newspaper

मन्त्री नपाउने भएपछि सुरेन्द्र यादवले अ’पहरणको झु’ठो आ’रोप लगाएर हीरो बन्न खोज्नुभयो – सांसद प्रदीप यादव

Spread the love

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो दलका सांसद डा. सुरेन्द्र यादव क्याबिनेट मन्त्री बन्नका लागि काठमाडौं आएको भन्दै अ’पहरण झुटा आ’रोप भएको बताएका छन् । मन्त्री बन्ने तयारीमा बसेका सुरेन्द्र यादवले समाजवादी पार्टी र राजपाको एकता मध्यरातमा भएपछि हीरो बन्नका लागि अपहरणको झु’टो खेती गरी अरुलाई ब’दनाम बनाउँदै हिंडेको आरोप लगाए ।‘डा. सुरेन्द्र यादवको अ’पहरण भएकै होइन, क्याबिनेट मन्त्री बन्न आउनुभएको हो,’ सांसद प्रदीप यादवले न्युज एजेन्सी नेपालसँगको अन्तवार्तामा भने, ‘मन्त्री बन्न नपाउने भएपछि जनतालाई झु’ट बोलेर हीरो बन्न खोज्नुभयो ।

नेताजीहरुलाई पनि फसाउनुभयो ।’ उनले डा. सुरेन्द्र यादवलाई सत्य बोल्न चु’नौती दिदै आफूलाई सबै घ’टनाको वृत्तान्त थाहा भएको समेत बताए । समाजवादी पार्टीभित्रको वि’वादमा सबैभन्दा अ’सन्तुष्ट नै डा. सुरेन्द्र यादव रहेको बताए । आफूहरुले कुनै मन्त्री न’मागेको तर, डा. सुरेन्द्र यादवले स्वास्थ्य मन्त्री मागेको खु’लासा गरे । उनले भने, ‘उहाँले स्वास्थ्यमन्त्री खोजकै हो ।’काठमाडौंमा तीनजनासँग आउँदा डा. सुरेन्द्र यादव अं’गरक्षक, आफन्त कौशल यादव र अर्का सांसद उमाशंकर अगरियासँगै आएकोले अ’पहरण भन्नु हा’वादारी भएको बताए ।

उनले भने, ‘तीनजनाले चारजनालाई अं’गरक्षकसहित अ’पहरण गरेको भन्न मिल्छ ?’ सांसद जस्तो व्यक्ति भएर सुरेन्द्र यादवले जनतालाई झु’ट बोलिरहेको आ’रोप लगाए । उनले भने, ‘राजनीतिक गर्ने मान्छेले झु’ठो आ’रोप लगाउँदै हिंड्न मिल्दैन । घरमा मासु भात खुवाएर सँगै आएका व्यक्तिलाई तीनजना व्यक्तिले चारजनालाई अ’पहरण गर्यो भन्ने ?’पार्टी फो’ड्नका लागि स’मूह नबनाएको प्रदीप यादवको दा’बी थियो । आफूहरुले स’मूह बनाएको स्वी’कार्दै त्यसको उद्देश्य पार्टी फो’ड्ने नभएको बताए ।अ;सन्तुष्टि आफूहरुमा नि’कै रहेको उनले स्पष्ट पारे ।

सबैभन्दा बढी अ’सन्तुष्ट सुरेन्द्र यादव बनेको बताउँदै भने, ‘सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुँदा प’दमुक्त हुँदा मनमा चो’ट पुगेको थियो । अ’सन्तुष्टिको मुख्य पात्र नै सुरेन्द्र यादव लगायत अर्का दुई जना सांसद हुन् । अ;सन्तुष्ट स’मूहको मुख्य पात्र सुरेन्द्र यादव हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *