Butwal Sandesh

Best Nepali Online Newspaper

वालुवाटारमा केपी ओली र गौतमको च’र्काचर्की : बामदेवले प्रधानमन्त्रीलाइ भने ‘राजीनामा दिनुस्, बालकोट फर्कनुस्’

Spread the love

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर त्यसको छिनोफानो गर्ने पक्षमा छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले शनिबार पार्टी सचिवालयका चार शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने संकेत दिइसकेका छन् ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए ।तर ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई वेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए ।

तर, गौतमको यस्तो सुझाव सुनेर आक्राशित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए । ‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो । तर गौतमको सुझाव सुनेपछि ओली आक्राशित मात्र भएन्न, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए ।

ओलीले गौतमलाई ध’म्क्याउदै भनेका थिए, ‘यो त अति भो, पाटीभित्रैबाट यस्तो ष’डयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइँन । म रा’जीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने ह’टाएर देखाउनुस् ।’बालुवाटार श्रोतका अनुसार दुई नेताबीच झण्डै आधा घण्टा यस्तो च’र्काचर्की परेको थियो । आफूवि’रुद्ध मो’र्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हि’सावकिताव आफुसँग रहेको भन्दै गौतमलाई ध’म्क्याएका थिए । गौतम नेकपाभित्रका ह’क्की स्वभावका नेता हुन् ।नेकपाभित्र ओलीको कार्यशैलीलाई लिएर तीव्र आ’लोचना भइरहेको छ ।

अध्यादेशको च’र्को वि’रोधपछि फिर्ता लिएका प्रधानमन्त्री ओलीले शुक्रबार वि’पक्षी दलका नेता शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुटटै र सा’मुहिक भेटवार्ता गरेका थिए । गत बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७संशोधन गर्ने निर्णयलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ति दुवै अध्यादेश प्रमाणिकरण गरेकी थिइन् । त्यसको चार दिनमै १२ गते अध्यादेश फि’र्ता लिनुपरेको थियो । रातो पाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *