Butwal Sandesh

Best Nepali Online Newspaper

ब्रत बस्नु कतिको लाभदायक ? उपबास बस्दा हुने फाइदारू यस्ता छन्

Spread the love

काठमाडौं । केही उद्देश्य प्राप्त गर्नका लागि दिनभरी अन्न या पानी या अन्य भोजन परित्याग गर्नु नै ब्रत हो । अन्न आदि केही पनि नखाई बसेको स्थितिलाई उपवास ब्रत बसेको भनिन्छ । उपवास वा ब्रतलाई सामान्य अर्थमा निश्चित अवधिसम्म कुनै खानेकुरा सेवन नगरी बस्नु भन्ने बुझिन्छ । उपवास बस्नु हिन्दू तथा अन्य केही धर्महरूको एउटा नीति तथा नियमभित्र पर्दछ ।

अक्सर ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो आस्था हो । यस किसिमको भावनाले ब्रत बस्नका लागि मनोवल बढाउँछ । वास्तवमा ब्रत, उपवास बस्नु शरीर र मन दुवैको लागि अति लाभदायक छ । तर, कुनै रोग छ वा औषधि सेवन गरिरहनु भएको छ भने ब्रत एवं उपवास बस्नु हुँदैन ।

वा चिकित्सकको परामर्श आवश्यक हुन्छ । यस्तै गर्भावस्थामा ब्रत तथा उपवास बस्नु उपयुक्त हुन्न । कमजोरी भएमा वा कुनै शारीरिक समस्या भएमा उपवास बस्नु उपयुक्त हुँदैन । उपवास बस्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ । उपवास विधीपूर्वक सिलसिलावद्ध ढंगले गर्नुपर्छ ।

ब्रतका फाइदाहरू

१. स्वस्थ व्यक्तिले पनि एक वर्षमा एकपटक मध्यम उपवास गरेमा शरीर स्वस्थ एवं दीर्घायु रहन सकिन्छ ।
२. उपवासले शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् ।
३. फोक्सो, कलेजो तथा मिर्गौलाजस्ता अंगको कार्यक्षमता बढाउँछ ।
४. पाचन प्रणाली सक्रिय बनाउनुका साथै अपच, ग्यास्ट्राइटिस, कब्जियत, पायल्स, आउँ, कोलाइटिसजस्ता पेटसम्बन्धी रोगहरू निको पार्न मद्दत गर्छ ।
५. रक्तसञ्चार क्रियालाई सक्रिय बनाउनुका साथै रगतमा हुने चिल्लो कोलेस्ट्रोल कम गर्छ ।
६. मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ ।
७. स्नायु प्रणालीलाई सक्रिय बनाउँछ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *