Butwal Sandesh

Best Nepali Online Newspaper

औ’षधी नखाई कोरोनालाई जितेकी बागलुङकी अंशु यसरी फर्किन घर

Spread the love

बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युबती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छिन । कोरोना संक्रमित नेपालकै पाँचौ बिरामी बागलुङकी १९ बर्षिय अंशु सापकोटाले कुनै पनि औ’षधी नखाई कोरोना जितेर अहिले भरखरै डिस्चार्ज भएकी छिन । छैठौ रिपोर्ट नेगेटिभ आएसंगै उनी शुक्रबार राती डिस्चार्ज भएकी हुन् ।लगातार दुईपटकसम्म नेगेटिभ रिपोट आएकाले उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।१९ वर्षीया अंशुलाई उनका पिताले वुझेका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

आँशुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिएका छन् ।उनकोको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट को’रोना सं क्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो । उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना सं क्रमण पुष्टि भएको थियो । गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रो’गका बाबजुद पनि सहजै को’रोनालाई जितेर फर्किएकी थिइन् ।

धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस सं क्रमित १९ वर्षकी युवतीको छैटाैं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ ।

चौथो पटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *