Butwal Sandesh

Best Nepali Online Newspaper

चीनमा बु*हान पछि हा*र्बिन शहरमा स-र्यो कोरोना भाइरस । चीनको यो शहरमा ड*रलाग्दो तरिकाले फर्कियो कोरोना सं*क्रमण, पूरै शहर सील

Spread the love

कोरोनाभाइरस सं,क्रमणलाई लगभग नियन्त्रण गर्ने अवस्थामा पुगिसकेको चीनलाई पुनः एकपटक यो भाइरसले ध,क्का दिएको छ ।

भाइरस सं,क्रमणको सुरुवात भएको शहर वु*हान साढे २ महिना लामो लकडाउनबाट अहिले खुलेको छ तर उत्तर पूर्वी शहर हा,र्बिनमा फेरि कोरोनाभाइरस तीब्र रुपमा फैलिएको पाइएपछि यो शहरलाई नै सिल गरिएको छ । वु*हान पछि अब हा,र्बिन शहर यो भाइरसको नयाँ क्ल,ष्टर बनेको छ ।

अहिले चीन सरकारले हा,र्बिन शहरलाई सील गरेको छ । हा,र्बिन शहर रुसको सीमासँग जोडिएको छ । यही कारण अधिकारीहरुले सा,वधानीका लागि पूरै क्षेत्रमा कुनै प्रकारको गतिविधिमा पूर्ण रुपमा प्रतिब,न्ध लगाएका छन् ।

हिलोङ जियान प्रान्तको राजधानी हा,र्बिनमा नयाँ सं,क्रमितको संख्या ह्वात्तै बढेपछि यहाँ बाहिरी मानिस र वाहनको प्रवेशमा प्रतिब,न्ध लगाइएको छ । यो शहरको जनसंख्या १ करोडभन्दा बढी छ । अधिकारिका अनुसार हिलोङजियांग प्रान्तमा ५३७ सं,क्रमितको पुष्टि भएको छ जसमध्ये ३८४ जना बाहिरबाट आएका थिए ।

त्यसै गरि उदयपुरमा जमातीबाट नभै बिध्यार्थीबाट कोरोना फैलिएको जानकारी आएको छ । कोरोना भाइरस सं,क्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले सं,क्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे । सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घट,नाक्रमबारे जानकारी गराए । करिब अढाई घण्टाको छलफलमा उठेका विषयको जवाफ दिँदै उनले सं,क्रमण कहाँबाट फैलियो भन्ने अन्तिम टुंगोमा प्रदेश सरकार पुग्न लागेको बताए । उनले भने, ‘भारतको युपीमा उर्दु भाषा अध्ययन गरेर फर्किएका र दुबईबाट आएकामध्ये एक जनाबाट सं,क्रमण फैलिएको निष्कर्षमा हामी पुग्न लागेका छौं ।’

भारतबाट आएका १२ जमातीले सं,क्रमण ल्याएको भन्नेमा आफूहरू विश्वस्त नरहेको घिमिरेले दाबी गरे । सूक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका पाँच सदस्यमा सं,क्रमण फैलिएको देखिएको उनले बताए । ‘अरू भन्दा पनि ती युवाबाटै सं,क्रमण फैलिएको भन्नेमा हामी पुगिसकेका छौँ, यद्यपि दुबईबाट आएकाको पनि बुझ्दै छौं’, मन्त्री घिमिरेले भने । सं,क्रमण पुष्टि भएकाहरूले यस बीचमा संगत गरेका र उनीहरू कहाँकहाँ पुगे भन्ने विवरण खोजी गरी उपचार विधिलाई फराकिलो बनाइने उनको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानमा सं,क्रमितको सम्पर्क २ सय ५१ जनासँग पुगेको विवरण प्राप्त भएकाले सबैको परीक्षण चाँडै गरिने घिमिरेले बताए । कोसी अञ्चल अस्पतालमा सय जना सं,क्रमितको उपचार गराउने क्षमता रहेको र त्यसले धान्न नसक्ने देखिएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार हुने गरी प्रक्रिया अगाडि बढाइएको उनले बताए । उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउन एक करोड बजेट विनियोजन भइसकेको जानकारी दिँदै घिमिरेले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए । तीन तहका सरकारबीच समन्वय अभावमा यसअघि उपचारमा ढिलासुस्ती भएको बताए ।

छलफलमा स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले उपचारको फ्रन्ट लाइनमा खट्न दक्ष जनशक्ति, स्वास्थ्य सामग्री, सुरक्षा कवज र अन्य सामग्री अभाव रहेको अवगत गराए । जिल्लाका विभिन्न भेगमा ४ सय ५ जनामा गरिएको स्वाब परीक्षणमध्ये २८ जनामा कोरोना पुष्टि भएको उनले बताए । त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सं,क्रमित आउजाउ भएका २ सय ५ जनाको स्वाब र २ हजार १ सय जनाको र्‍यापिड परीक्षण तत्काल गर्न ध्यानाकर्षण गराए । स्वाब परीक्षण धरान र विराटनगरमा मात्रै हुँदा संकलनलगायत प्राविधिक काममा असहज भएको उनले बताए ।

सं,क्रमितको संख्या बढ्न थालेपछि उदयपुरलाई सिल गर्ने निर्णय भए पनि अन्य प्रदेशसँग समन्वय नहुँदा बाहिरबाट आउनेको संख्या नरोकिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी दिए । ‘यो बेला ऊ र त्यो भनेर एकअर्कामा दो,षारोपण गर्नुभन्दा सबैले जिम्मेवार भएर काम गर्नुपर्छ’, उनले भने । सो अवसरमा प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिँदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बनेको, किसानले खेती र उत्पादन गरेका वस्तु बिक्री गर्न नपाएको बताए ।

अस्पतालमा आएका बि,रामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले बि,रामी बोक्न नमान्नेजस्तो समस्या देखिएको उनीहरूले अवगत गराए । यहाँ सं,क्रमित संख्या २८ जना पुगेसँगै प्रशासनले लकडाउन थप क,डाइ गर्दै सं,क्रमित क्षेत्र पूर्ण रूपमा सिल गरेको छ । उक्त क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले घेरा हालेको छ । आउजाउमा पूर्ण रोक लगाइएपछि स्थानीयको दैनिकी असहज बन्दै गएको छ । अन्नपूर्ण पोष्टमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *