Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना बि,मारीमा अर्को नयाँ ख*तरा: कोरोनाले शरीर भीत्र रगत जमाएर मानिसलाई मा*र्दैछ

Spread the love

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको स,क्रमणको अवस्था थप भ,यावह हुँदैछ । कोरोना भाइरस अब थप रहस्यमय बन्दैछ, जसले सं,क्रमितको शरीरको भीत्र बग्ने रगतलाई जमाईदिएर मानिसको मृ त्यु गराइरहेको केशहरु आएका छन् । यो अचम्मको घटना अमेरिकाको एक/दुई ठाउँमा मात्र नभई कयौं स्थानमा भेटिएका छन् ।

अमेरिकाको एटलान्टा प्रान्तको एमोरी युनिभर्सिटी हेल्थ सिस्टमको अधिनमा रहेको बिभिन्न १० अस्पतालमा सं,क्रमित मानव शरीरभीत्रको रगत जमाउने (Blood Clotting) ले मानिसहरुको मृ त्यु भएको जानकारी गराइएको छ । चिकित्सकहरु किन यस्तो भईरहेको छ भन्नेबारे अनभिज्ञ छन् ।

यसै विषयमा द वाशिंगटन पोस्ट अखबारले लेखेको छ कि एटलान्टाका ति १० अस्पतालहरुको आईसीयूका प्रमुख डा. क्रेग कूपरस्मिथले बताएका छन् ‘यो एउटा ठूलो स,मस्या हो । हामीले अरु ठाउँको अस्पतालमा पनि सोध्यौं, तव यो स्थिति अरु ठाउँमा पनि छ भन्ने थाहा भयो ।’ डा. कूपरस्मिथले भने अनुसार कुनै अस्पतालमा रगत जम्ने समस्याले २० प्रतिशत बिरामीको मृ त्यु भएको त्यो शंख्या कुनै अस्पतालमा ४० प्रतिशतसम्म रहेको छ । यो सं,कट तीब्र रुपमा बढ्दैछ । उनले भने ‘हामीसँग यसलाई रोक्ने कुनै तरीका छैन । तरीका तब निस्कन्छ जब यस्तो किन हुँदैछ भन्ने थाहा हुन्छ ।’

एक महीना अघिको कुरा हो जब अमेरिकी डाक्टरहरुलाई यो थाहा थियो कि उनीहरु कस्ता वि,रामीको उपचार गर्दैछन् । तब डाक्टरहरु आत्मविश्वास लिएर वि,रामीको उपचारमा जाने गर्दथे । जतिबेला कोरोना भाइरसले शरीरको फोक्सो, किडनी, मुटु र दिमागमा बढी प्र,भाव देखाउथ्यो । तर अब भाइरसले शारिरमा बग्ने रगतलाई समेत लक्षित बनाईरहेको छ । भाइरसले मानव शारिरको रगतमै लक्षित गरेपछि चिकित्सकहरु थप त,नाबमा छन्, किनकी मेडिकल साइन्समा शरीरको भीत्र रगत जम्ने समस्याको कुनै उपचार नै छैन । यसो हुनबाट बच्नको लागि रगत पातलो बनाउने थिनर दिइन्छ । तर कोरोना भाइरसबाट पि,डित बि,रामीको शरीरमा थिनरले पनि राम्ररी काम गरिरहेको छैन ।

चिकित्सकहरुका अनुसार सामान्यतया कोरोना भाइरसबाट सं,क्रमित बि,रामीको शरीरमा अक्सीजनको स्तरमा कमी हुन्छ । त्यसपछि उनीहरु बेहोश हुन्छन् । वा उनीहरुमा हा,र्टअ,ट्याक हुन्छ । तर अहिले रगत जम्ने समस्या आउनुलाई डाक्टरहरुले बुझेका छैनन् । रगत जम्नु (Blood Clotting) यानेकि शरीरभीत्र बग्ने रगत जेलजस्तै बाक्लो हुँदै जान्छ । सामान्यत: ब्लड क्लोटिंग यानेकि रगत जम्ने समस्या ई,बोला, डें,गू वा अन्य प्रकारको हेमोरेजिक वि,रामीमा दिखिने हुन्छ । कोरोनामा यस्तो लक्षण पहिलो पटक देखिन थालेको बताइएको छ ।

जब कोरोना सं,क्रमणबाट मृ त्यु भएको मानिसको शरीरको पोस्टमार्टम गरियो तब थाहा भयो कि मानिसको फोक्सोमा रगतको सानासाना थेक्ला भेटियो । मुटु नली, दिमागको नसामा रगत जमेको भेटियो । यसकै कारण दिमागले काम गर्न बन्द गरेको र हा,र्टअ,ट्याक भई मानिसको मृ त्यु भएको पत्ता लाग्यो ।

१८ अप्रिल यानेकि गत शनिवार मात्र ४१ बर्षीय ब्राण्डवे एक्टर निक कार्डेरोको दाहिने पट्टिको खुट्टा काटिएको छ ताकि उनको ज्या न बचाउन सकियोस् । उनि कोरोना भाइरसबाट ग्र,सित थिए र उनको दाहिने खुट्टामा पनि रगत जम्न थालेको थियो । जुन विस्तारै बढ्दैथियो । चिकित्सकले बताए अनुसार जुन कोरोना भाईरस सं,क्रमित मानिसको शरीरमा रगत जम्न शुरू हुन्छ, उसको सबैभन्दा पहिला खुट्टाको रङग नीलो देखिन्छ ।

यस्तो अवस्थामा अब अमेरिकी चिकित्सकसंग एकमात्र उपाय के बचेको छ ग्र,सित रो,गीको रगत जम्न नदिन रगतको सफाई गर्ने । जस्तो डायलिसिसको प्रक्रियामा हुन्छ । तर ब्लड क्लोटिङको समस्या कहिलेसम्म हुन्छ ? कस्तो अवस्थामा हुन्छ ? यसको उपचार के हुनसक्छ ? यो समस्या किन आईरहेको छ ? यी सबैको जवाफ हालसम्म अमेरिकी चिकित्सकसंग छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *