Butwal Sandesh

Best Nepali Online Newspaper

मौकाको फाइदा उठाउदै चीन: कच्चा तेलको मूल्य घटेको बेलामा चीनले किनेर थाल्यो यसरी थुपार्न

Spread the love

संसारमा सबभन्दा बढी तेल उपभोग गर्ने देश चीनले कोेरोनाभाइरस महाव्याधिका कारण विश्वबजारमा कच्चा तेलको मूल्य घटेको बेलामा तेल किनेर थुपार्न थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले लकडाउनका कारण ठप्प भएर माग खस्केको बेलामा पनि गत वर्षको यसै समयको भन्दा ४.५ प्रतिशत बढी तेल आयात गरेको छ ।

तेलको मूल्य धराशायी हुँदा राज्यको नियन्त्रणमा रहेका तेल उत्पादकलाई अप्ठ्यारो परेको छ र तेल उद्योगका औपचारिक योजनाहरू चौपट बनेका छन् । तर चिनियाँ वाहनचालक र कारखानाहरूका लागि यो वरदान साबित भएको छ । बेइजिङले अब रणनीतिक रूपमा तेल भण्डारण गरेर देशमा पछि आपूर्तिको समस्या आए पनि त्यसबाट बच्ने उपाय खोजिसकेको छ ।

तेलको वैश्विक मूल्य खस्किँदा चिनियाँ आयातकर्ताहरूले मार्च महिनाको मध्यतिर साउदी अरबमा ८४ वटा ट्यांकर पठाएको चाइना शिपबिल्डिङ इन्डस्ट्री एसोसिएसनलाई उद्धृत गर्दै समाचारहरूमा आए ।

तेलको मूल्य घट्दा चीनलाई सकारात्मक असर परेको सत्तारूढ कम्युनिस्ट पार्टीको राजनीतिक तथा कानूनी आयोगले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेख्यो । तर राज्यनियन्त्रित ड्रिलरहरूले देशका तेलखानी विकासमा खर्च घटाउनुपर्ने भएमा तेलको मूल्य घट्दा चीनलाई ऊर्जामा थप निर्भर बनाउने योजना ख*तरामा पर्ने सम्भावना छ, विश्लेषक म्याक्स पेट्रोभले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *