ज्ञानेन्द्र शाहिलाई तत्काल रिहाई नगरे लकडाउन तोड्ने सरकारलाई चे*तावनी (भिडियो सहित)
राहत बितरणमा अहोरात्र खटिएका सामाजिक अभियानता ज्ञानेन्द्र शाही लाइ प क्राउ गरेको बिसयले यतिबेला माहोल तातेको छ। शाही युवा शक्ति नेपालका झापा जिल्ला अध्यक्ष रोयल राजा खतिवडाले ज्ञानेन्द्र शाहिलाइ तत्काल रिहाइ नगरे लकडाउन तोडेर सडकमा निस्किने चे,तावनी दिएका छन। खतिवडाले हामी सग कुरा गर्दै यतिबेला सहयोग गर्नु सबैको कर्तव्य हो गर्नुपर्छ, ज्ञानेन्द्र शाहीले पनि एउटा नागरिकले गर्ने भुमिका निर्बाह गरेका छन तर मानवता हराएको सरकारले शाहीलाई गि,रफ्तार गरेर कायरता देखाएको भन्दै सरकारको घो,र नि,न्दा र भत्स,र्ना गरेकाछन।
प्रमुख बिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गर्दै बधाई दिएका छन् ।
देउवाले एक विज्ञप्ति जारी गर्दै यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले बधाई तथा शुभकामना दिएका छन् ।
बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । यद्यपी नेताहरूको पद भने बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।
‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि बिहीबार बिहान १० बजे निर्वाचन आयोगमा निवेदन दिएको छ ।