Butwal Sandesh

Best Nepali Online Newspaper

अर्को हप्तावाट घरघरमा कोरोनाको टेस्ट गर्न सकिने

Spread the love

लुइभेल, केन्टकी । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिश्ट्रेशन (एफडिए)ले पहिलो पटक अव घरघरमा नै कोरोना टेष्ट गर्न सकिने प्रविधिलाई अनुमति दिएको छ । यो टेष्ट नाकवाट एउटा उपकरण (न्यासल स्वाव) छिराएर नमुना संकलन गरी त्यसलाई सुरक्षित रुपमा ल्यावमा पठाउनु पर्नेछ । यो प्रविधिलाई अमेरिकामा स्वास्थ क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ल्याव कर्पले वजारमा वेच्न पाउने छ ।

ल्याव कर्पले घरमा नै गरिने परीक्षण चिकित्सककोमा गरेजस्तै सुरक्षित र भरपर्दो भएका आधारहरु सहित निवेदन पेश गरेकोमा एफडिएले सम्पूर्ण आधारहरुको परीक्षण पश्चात अनुमति दिएको हो । एफडिएले यस्तो परीक्षण डाक्टरको प्रेस्क्रिप्सनमा आधारमा मात्रै उपलव्ध हुने उल्लेख गरेको छ ।

यस्तो परीक्षणका लागि सुरुमा उपभोक्ताले आफैं ११९ डलर तिर्नुपर्ने छ जुन रकम पछि उनीहरुले आफ्नो वीमा कम्पनीसंग दावी गरेर लिन सक्नेछन् । ल्याव कर्पले यो प्रविधि सुरुमा अग्रपंक्तिमा रहेर कोरोना भाइरस एक्सपोज हुने खतरा मोलेर काम गर्दै आएका स्वास्थकर्मी र आपतकालिन सेवामा काम गर्ने कर्मचारीहरुका उपलव्ध हुने ल्याव कर्पले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *