Butwal Sandesh

Best Nepali Online Newspaper

जे नहोस् भन्ने ड,र थियो, त्यही भयो : यसरी लकडाउनको ध,ज्जी उ,ड्यो… पुरा पढ्नुहोस

Spread the love

लगभग १ महिना (मंगलबारसम्म २९ औँ दिन) हामी लकडाउनमा बस्यौँ। कोरोना भाइरसको सं,क्रमण नफैलियोस् भन्ने नै उद्देश्य थियो। तर यत्रो दिन यसरी घरमा बन्दी जस्तो भएर बसिसकेपछि पनि मंगलबार जे भयो, त्यही नहोस् भन्ने नै हाम्रो कामना थियो।

मिडियामा आएका फोटोहरु हेर्दा लकडाउनको धज्जी उडेको थियो। मान्छे बाहिर निस्कनै नपाउने गरी गरिएको लकडाउनमा दशैँमा जस्तो कोटेश्वरमा काठमाडौँ बाहिर जानेहरुको भिड थियो। दूरी कायम हुने कुरा भएन भिडमा। कसरी जम्मा भए यत्रो भिड? कसैलाई थाहा थिएन। सरकार पार्टी फुटाउने अध्यादेशमा व्यस्त छ।

सरकारले आँखा चिम्लेको जस्तो लाग्यो। त्यसै पनि मिडियाबाट आलोचना सहनु परिरहेकै थियो। पुलिस र सिडिओलाई थाहा नदिई पैदल हिँडेर घर गइरहेकाहरुको फोटो र भिडियो खिचेर बिहान ५ बजेर २२ मिनेटमा अपलोड गर्नु रहस्यपूर्ण भन्दै प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएका थिए। लौ त नि पैदल हिँड्यो भनेर आलोचना गर्नेहरुलाई बसबाट जान देऊ भनेर आँखा चिम्लेर जान दिएको हो त सरकारले?

नत्र यति ठूलो भिड जम्मा भएर सरकारले लामो दूरीका यात्रुवाहक बस सञ्चालन नगर्न र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने आदेश कायमै भएको अवस्थामा कसरी लकडाउनको धज्जी उड्यो त? मुम्बईमा यसैगरी सयौँ मजदूरहरु अकस्मात् सडकमा आउँदा सरकारले तत्काल नियन्त्रण गरेको थियो। ग,लत र भ्रा,मक जानकारीहरुका कारण त्यसरी मान्छे भेला भएको निश्कर्ष पनि निकालिएको थियो।

यदि काठमाडौँ बाहिर पठाउने नै हो भने व्यवस्थित हिसाबले दूरी कायम गरेर पठाउन सकिन्थ्यो। लकडाउनको स्वरुप परिवर्तनको घोषणा गरे पनि हुन्थ्यो। तर यो केही नगरी केही नहुन्जेल केही हुँदैन भन्ने हिसाबले भिडम भिड गरेर दिउँसोदेखि मध्यरातसम्म गाडी कुद्‍न किन दिइरह्यो? सरकारले न काठमाडौँमा अ,लपत्र परेका बाहिरी जिल्लाका मानिसहरुलाई जहाँ छ त्यहीँ बस्नुपर्छ भनेर आश्वस्त पार्न सक्यो, न व्यवस्थित रुपमा बाहिर पठाउन सक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *