Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमा कोरोना सं*क्रमितको संख्या ४३ पुग्यो । सुदूरपश्चिमकै पहिलो सं*क्रमितले पनि जिते कोरोनालाई, दुवाईबाट आएका ३४ वर्षीय युवा सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज

Spread the love

कैलाली, ९ बैशाख । सुदूरपश्चिमका पहिलो कोरोना सं,क्रमित व्यक्ति पनि कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।

दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो । उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो ।

उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् । यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय सं,क्रमित युवक पनि डिस्चार्ज भएका थिए । उनि भारतबाट आएका थिए । अब सेतीमा तीन जना सं,क्रमितको उपचार भइहेको छ ।

त्यसै गरि भोज्पुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज द्रुत निदानात्मक परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । गत साल फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए ।

होम क्वारेन्टाइनमा रहेका उनलार्ई पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी लागेको स्वास्थ्य कार्यालयले बताएको छ । स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालभरबाट डिस्चार्ज हुनेको संख्या ५ पुगेको छ । भने सं,क्रमितको संख्या आजबाट ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *