Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना जित्न मनोबल र स,तर्कता दुवै आवश्यक

Spread the love

कोरोना भाइरस (कोभिड–१९)बाट संसार आ*क्रान्त छ । दिनहुं हजारौंको संख्यामा मानिसहरुको ज्या न गइरहेको छ । विश्वयु,द्धभन्दा ज्यादा त्रा,स छ । प्रत्येक दिनरात खटेर काम गरिरहेका बैज्ञानिकहरुले कुनै खोप वा औषधिको आविश्कार गर्न सकेका छैनन् । प्रत्येक व्यक्तिका पलपलहरु त्रा,सैत्रा,समा वितिरहेका छन् ।

त्रास आफ्नो मृ त्युको कारण मात्रै होइन । आफु सं क्रमित भइएला भन्ने त्रा,स छ, मेरो कारणले यो रो,ग परिवार र समुदायमा सार्छु कि भन्ने त्रास अझ वढी छ । एउटा सं,क्रमित व्यक्ति एउटा आगाको झिल्को जस्तो भएको छ, जसले परिवार, समाज र सिंगो देशमा कोरोनाको आगो सल्काउन सक्छ ।

प्रत्येक पल मानिस आफुसंग डराइ रहेको छ । आफ्ना हातलाई मुखको छेउछाऊ लैजान डराइ रहेको छ । परिवारका सदस्यसंग डराइ रहेको छ । हरेक क्षण समाचार दिइरहने समाचार माध्यमका तथ्यांकसंग डराएको छ । कोभिड वाहेकका अन्य वि,राम हुंदा पनि अस्पताल जान डराइरहेको छ । समग्रमा अहिले सर्वत्र मृ त्युको छांया छ ।

सर्वत्र देखिने मृ त्युको छांयांसंग डराउने कि अव ड,रलाई जित्ने ? यो प्रश्न यतिवेला अहम वनेको छ । अव डरलाई जित्ने दुइवटा मात्रै वाटो छन् । पहिलो त सवैभन्दा वढी सजग हुने र दोश्रो आफ्नो मनोवललाई वढाउने । सचेतता अपनाउन सजिलो होला तर ड,रलाई जित्न निकै क,ठिन छ । आत्मवल वढाउनु निकै चु,नौतिपूर्ण छ । मृ त्युका हरेक समाचारले छोराछोरी, लोग्ने वा स्वास्नी, अरु आफन्त, समाजको चि,न्ता जोडिन्छन्, जसले मानिसमा तनाव थपिदै जान्छ । आफ्नो परिवारमा दी,र्घरोगको नियमित औषधि सेवन गर्ने कोही भए झनै चि,न्ता बढ्न थाल्दछ । तर यसको व्यबस्थापनका लागि आज भोलि विभिन्न संघ–संस्था र विशेषज्ञहरु सक्रीय देखिन थालेका छन ।

केही समययता सोसाइटी अफ अमेरिका नेप्लिज नर्स(सान)को पहलमा हेल्थ फाउण्डेशन नेपाल (एचएफएन) र अमेरिका नेपाल मेडिकल फाउण्डेशन (एएनएमएफ)ले प्रत्येक आइतवार टेलिकाउन्सिलिंग, टेलिकन्फेरेन्स र आवश्यक परेका स्थान र समयमा उपलब्ध हुने गरी मनोपरामर्श तथा मनोचिकित्सा सेवा प्रदान गर्ने अति उपयोगी काम गर्दै आएका छन । केही सिरिजको रुपमा चलिसकेको यो प्रकृतिको कार्यक्रम निकै सकारात्मक हुने प्रत्यक्ष महसुस भएको छ ।

गत आइतवार सम्पन्न टेलिकन्फेरेन्समा विशेषज्ञ डाक्टर,रजिष्टर नर्स,कोविद्–१९ बाट आफैं पी,डित भइ स्वास्थ्यलाभ गरिसकेका स्वास्थ्य तथा संचारकर्मीहरु सहित४६ जनाको सहभागिता थियो । अधिकांश नेपाली मूलका र अन्य केही विदेशीले आफ्नो अनुभव आदान प्रदान गरेका थिए । सानका अध्यक्ष मन्जु कार्की संग्रौला प्रमुख संयोजक रहेर रेशम घर्तीले संचालन गर्नु भएको टेलिकन्फेरेन्स निकै प्रभावकारी थियो ।

हावर्ड युनिभर्सिटी हस्पिटलका मनोचिकित्सक डा.श्रीधर पौडेल,डा. विष्णु उपाध्याय र डा.सरिता पराजुली विशेषज्ञका रुपमा हुनुहुन्थ्यो । यस्तै नर्सहरु टीका आंदाम्बे,शान्ता अधिकारी,इश्वरी बस्नेत,टीका पाठक, सरस्वती,उर्मिला,जानुका श्रेष्ठ,रमा कोइराला,सीखा र दीपीकाको सहभागिता थियो । त्यस्तै कन्फेरेन्समा युक्ता,सुमीत्रा पराजुली,यासुओ टाकेहारा,लक्ष्मी शर्मा,विमला श्रेष्ठ,सारा,तिलोत्तमा,देविका ऐर थारु,सरीता केसी,इन्दिरा श्रेष्ठ,मीरा प्रसाई,शुश्मिता कल्डन,कमला पौडेल,झरना खड्का,रुबी,पुष्पा,रिंकु राना,अनिषा,मीना शाक्य प्रधान,अभिना जिसी,संध्या शर्मा,रीता तिवारी,स्वीटी न्यौपाने,गायत्री, धना पंगेनी,निमा शेर्पा र स्मृति पौडेलको सहभागिता र अनुभव आदान प्रदान प्रभावकारी थियो । यो कन्फेरेन्सको पर्यवेक्षण पत्रकारहरुको अन्तराष्ट्रिय संजालका बरिष्ठ उपाध्यक्ष विष्णु शीतल र डिसी नेपालका परशुराम भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रम तीन चरणमा गरिएको थियो । शुरुमा आफैं कोविद्–१९ सं,क्रमणबाट स्वास्थ्य लाभ गरी काममा फर्किएकी नर्स निमा शेर्पाको अनुभव प्रस्तुत गरिएको थियो । त्यस्तै न्युयोर्कको अति प्रभावित क्षेत्रमा रहेको एल्महर्ट हस्पिटलमा कार्यरत नर्स स्मृति पौडेलको अनुभव पनि प्रभावकारी थियो । यी साहसी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीसँग गरिएको अन्तरक्रिया प्रभावकारी र मननयोग्य थियो । यसै समयमा विभिन्न राज्यका अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी नेपाली नर्सहरुका अनुभव पनि रिपोटिंग गरिएको थियो ।

दोश्रो चरणमा हावर्ड युनिभर्सिटी शिक्षण अस्पतालका विशेषज्ञ डाक्टर श्रीधर पौडेलसँग मनोपरामशका विविध पक्षमा छलफल गरिएको थियो । सो अवसरमा डाक्टर पौडेलले निश्चिन्त रहन र मनोबल उच्च राख्न नर्सहरुलाई सल्लाह दिनु भएको थियो । अहिले देखापरेको कोरानाभाइरसको नयाँ रुप भए पनि यस्तै प्रकारका भाइरसबाट जोगिन पहिलेदेखि नै परमपरागत औषधि एवम थेरापी नै अहिले उपयुक्त भएकोले यही नै अपनाउनृु पर्ने उहाँको सुझाव थियो । नयाँ औषधि वा खोपको विकास भइनसकेको हुँदा भाइरसको परम्परागत उपचार विधि र प्रक्रियाबाट नै जो,खिम कम गर्न सकिने उहाँको सुझाव थियो । निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता इन्जाइटी वा डिप्रेसनका लक्षण देखिएमा मनोचिकित्सकसँग परामर्श लिन आवश्यक पर्ने र त्यसका लागि नेपाली मनोचिकित्सकहरु संगठित रुपमै तयार रहेको डा.पौडेलको भनाइ थियो ।

छलफलको क्रममा मनोचिकित्सक पौडेलले स्वास्थ्य कर्मीहरुलाई हामी यु,द्धका सीपाइ हौं, यु,द्धका बेला मैदान छोडेर भाग्न पाइन्न, डटेर सामना गर्नु पर्छ भन्दै यसलाई जित्नै पर्छ भन्नु भयो । मैदानबाट भाग्ने छुट नभएकाले आफू,आफ्नो पेशा र परिवार अनि समुदायप्रतिको जिम्मेवारी पूरा गर्न आफ्नो मनोबल उच्च बनाउन अति आबश्यक छ, डा. पौडेलले भन्नु भयो ।

महासंकटका बेला आफूलाई मजबूद र तन्दुरुस्त राख्न समय मिलाएर योगा गर्ने, पानी प्रसस्त पीउने, स्वस्थ खानामा ध्यान दिने, परिवारका सदस्यहरुसँग रमाइला कुरा गर्ने , बारम्बार समाचार नहेर्ने, परिवारका अन्य सदस्यहरुलाई पनि बारम्बार समाचार र सामाजिक संजाल नहेर्न सुझाव दिने, स्कुल कलेजका विद्यार्थीहरुलाई रचनात्मक काममा लगाउने जस्ता विधिहरुले हाम्रो ध्यान महामारीको संत्रा,सबाट अन्यत्र मोड्न मद्धत पुग्ने मनोचिकित्सकहरुको सल्लाह छ । विश्व स्वास्थ्य संगठन(डव्लुएचओ) र सरकारी स्वास्थ्य सूचना केन्द्र (सीडीसी)का आधिकारिक सूचना र समाचार मात्र पढ्न पनि डाक्टरहरुको सुझाव थियो ।

कार्यक्रमको तेश्रो चरणमा विभिन्न राज्यका अस्पतालहरुमा कार्यरत नर्स दिदी बहिनीहरुले आ–आफ्ना कार्यक्षेत्रका समस्या र समाधानका उपायका बारेमा छलफल गर्नु भएको थियो । नेपाली मूलका स्वास्थ्यकर्मीले आ–आफूले भोगेका स,मस्यालाई सान मार्फत एक आपसमा राखेर समाधान खोज्ने प्रयास गरिएको थियो । घर परिवारमा वाल–बालिका, बृद्ध–बृद्धा,नियमित औषधि सेवन गर्नु पर्ने वि,रामीलगायतको आफैंले हेरचाह गर्नु पर्ने र अस्पतालमा गएर कोविद्–१९ का वि,रामीको उपचारमा संलग्न हुनुपर्ने अत्यन्त जटिल अवस्थामा धेरै दिदी बहिनीहरु रहेको सो छलफलको क्रममा जानकारी गराइएको थियो । नर्स दिदी बहिनीहरुमा जुनसुकै बेला आफैं स,क्रमित हुन सकिने वा भाइरस बाहकका रुपमा रहेर परिवारका अन्य सदस्य वा साथीहरुमा सं,क्रमण गराइएला भन्ने त्रा,स र भ,यले तनाव सिर्जना गरेको सो टेलिकन्फेरेन्समा ब्यक्त गरिएको थियो ।

एकातर्फ यु,द्धमा होमिएको सिपाही जस्तो भइसकेको र मैदान छाडेर भाग्न नसकिने अवस्था अगाडि छ भने अर्कोतर्फ घर परिवार र काम दुवै जिम्मेवारी पूरा गर्ने अनि म,हामारीमा आफू जोगिने यो चु,नौतीको सामना गरिरहेका नर्स दिदी बहिनीहरुका लागि नियमित मनोपरामर्शको खाँचो रहेको कार्यक्रममा जोड दिइयो । टेलि कन्फेरेन्समा दिदी बहिनीहरुलाई आफ्ना समस्या खुला रुपमा राख्न सके संघ–संस्थाहरुबाट सहयोगको प्रयास भइरहने आयोजकको तर्फबाट प्रतिबद्धता ब्यक्त गरिएको थियो ।

विष्णु शीतल

Leave a Reply

Your email address will not be published. Required fields are marked *