Butwal Sandesh

Best Nepali Online Newspaper

विदेशबाट फर्केका युवालाई देशमै रोजगारी दिने सरकारको तयारी…पुरा पढ्नुहोस

Spread the love

काठमाण्डाै / वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई उद्यममा संलग्न गराएर देशमै रोजगारी दिन कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलले विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्नको लागि कार्यदल गठन गरेको हो । कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहनेछन्

साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्गठनहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधि पनि रहने छन् । कार्यदलले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्नेछ । यस्तै विषेश योजना कार्यान्वयन गर्न लगानी गर्नपर्ने स्राेत र साधन परिचालनको प्रस्ताव गर्नेछ । कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाउनुपर्नेछ ।
बन्दाब,न्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने श,व घट्ने क्रम अझै जारी छ । चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० श,व आउने गरेकामा हाल दैनिक बढीमा १० देखि १५ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

बन्दाब,न्दीका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट श*व आउन बन्द भएको र सडक दु*र्घटनासमेत कम भएकाले कम श*व आएको हुनसक्ने कोषले जनाएको छ । देशविदेशबाट हुने उडान हाल बन्द छ । जसका कारण विदेशमा काम गर्न गएका नेपालीको श,व आउने क्रम पनि रोकिएको छ । करिब १०० जनाको श,व विदेशमै रहेको समाचार हालै सार्वजनिक भएको छ । यातायात सहज नभएपछि उपत्यकाको काठ क्षेत्रबाट पनि पशुपतिमा श*व आउन रोकिएको छ । यातायात सहज भएका बेला काठ क्षेत्रका मानिसले पनि पशुपतिमा श,व जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काठ क्षेत्रमै रहेका घाटमा श*वदाह हुन थालेको हो ।

राजधानीमा डेरा लिएर बस्ने धेरै मानिस आफन्तको नि*धन भएपछि पशुपतिमा दा*हसंस्कार गरी त्यहीँ काजकिरिया गर्थे । किरियापुत्री सेवा बन्द गरिएपछि ती मानिसले पशुपतिमा श*व ल्याउन छोडेका छन् । पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले अन्तिम स्नान गराउन पाइने भएकाले मृ*तकका आफन्तले आर्यघाट लैजान्थे । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट श*वदाहको सेवा उपलब्ध छ । विद्युतीय श*वदाहतिर पनि बन्दाबन्दी अघिभन्दा श*व घटेको छ । हाल पशुपतिमा आउने शवमध्ये धेरै भने विद्युतीय शवदाहमै जलाउन थालिएको छ । आर्यघाट एवं भष्मेश्वर घाटमा जलाउन चार घण्टासम्म लाग्ने र एक श,वका कम्तीमा पनि १५० जना मलामी आउँदा भीड बढ्न गई कोरोनाको स ङ्क्रमण बढ्न सक्ने भएकाले विद्युतीयतिर आकर्षण बढेको हो ।

विद्युतीय श,वदाह गृहमा भने ४५ मिनेटदेखि सवा घण्टासम्ममा शवदाह सकिन्छ । विद्युतीयमा दुई वटा यन्त्र भए पनि एउटालाई सेलाएर मर्मत गर्नुपर्ने भएकाले हाल एउटाबाट मात्र सेवा दिइएको छ । विद्युतीय श*वदाह गृहमा श,वदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक श*वदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । भष्मेश्वर घाटमा ११ वटा चिता छ ।यसैगरी आर्यघाटमा रु पाँच हजार शुल्क लाग्छ । आर्यघाटमा दुई वटा चि,ता भए पनि १ नं चि,ता भने विशिष्ट व्यक्तिका लागि मात्र उपलब्ध हुन्छ । आर्यघाटको २ नं चि,तामात्र सर्वसाधारणका लागि खुला छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताउनुभयो ।

पशुपतिमा जलाइने श,वका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा श,व बढी आउँथे । अन्यत्र श,वदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा श,व जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्र भन्दा सहज छ ।

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले श*वदाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृ*तकका आफन्तले नै श,वदाह गरेको जनाइएको छ । बन्दाबन्दीका अवसरमा बेखर्चीलाई श*वदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा पनि कोषले गरेको छ ।पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको स,न्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।

धनुषाका विमल गौतम आइतबार राति आमाको नि,धन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुग्नुभयो । विद्युतीय श,वदाहगृहमा दा,हसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा बन्द भएको जानकारी पाएको उहाँ बताउनुहुन्छ ।गौतम मात्र होइन एक सातादेखि पशुपति क्षेत्रमा किरियापुत्री सेवा खोज्दै आउनेले यस्तै दुःख पाएको गुनासो गर्ने गरेका छन् । गौतमका आफन्त बिहानभर किरियापुत्री सेवा दिने स्थल खोज्दै मध्यबानेश्वर पुग्नुभयो । गौतमका दुवै दाजुभाइ राजधानीमा कोठामा बस्ने भएकाले काजकिरिया गर्ने स्थलको समस्या भयो ।

राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसं,वेदनशील यो सेवा बन्द हुँदा धेरैले गुनासो गर्ने गरेका छन् ।शुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल किरियापुत्री बसेका मानिसलाई भेट्न धेरै आफन्त आएर समस्या भयो भनी सँगै बसेका अरु किरियापुत्रीले गुनासो गर्न थालेपछि सेवा बन्द गर्न बाध्य हुनुपरेको बताउनुहुन्छ ।किरियापुत्रीलाई भेट्न आउनेलाई नआऊ भन्न सकिएन, संवेदनशील ठाउँ भएकाले कसैलाई आऊ कसैलाई नआऊ भन्नुभन्दा बाध्य भएर केही दिनलाई कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सेवा बन्द गरेका हौँ, यसबाट आम मानिसमा पर्न गएको असुविधाप्रति कोष क्षमा माग्छ”, उहाँले भन्नुभयो ।

पशुपतिको राजराजेश्वरीमा किरियापुत्री सेवाका लागि ४२ कोठाको व्यवस्था गरिएको छ । २२ कोठा ‘एट्याच बाथरुम’सहितका छन् । जसमा दैनिक रु ५०० शुल्क लिइन्छ । २० वटा कोठामा ‘एट्याच बाथरुम’ को व्यवस्था छैन । यी कोठामा भने दैनिक रु २०० शुल्क लिइने गरेको पशुपति घाट सेवा प्रमुख कुमार थापा मगरले राससलाई जानकारी दिनुभयो ।“एउटा किरियापुत्रीले राडी मण्डीलगायत सामग्री प्रयोग गरिसकेपछि धोएर अर्कोलाई दिने व्यवस्था थियो, बन्दाबन्दीका कारण धुने सेवा दिने कम्पनीका कामदार आउन नसक्ने भए, नधोइकन अर्कोलाई दिन नसकिनेलगायत स्वास्थ्यसम्बन्धी असुरक्षाका कारण सेवा बन्द गर्न माथिबाट आदेश आएअनुरुप गरेका हौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *