Butwal Sandesh

Best Nepali Online Newspaper

ए,चआ,इभी रो´ग पत्ता लगाउने नोबेल पुरस्कार बिजेता फ्रान्सका वैज्ञानिक मन्टेग्नियरको दा´वी –‘कोरोना ची´नको प्रयो´गशालामा बनेको हो’

Spread the love

एजेन्सी, ८ बैशाख । नोबेल पुरस्कार विजेता फ्रान्सका बैज्ञानिक ल्युक मन्टेग्नियरले कोरोनाभाइरस प्रयोगशालामा बनाइएको दावी गरेका छन् । आइतबार फ्रान्सको एक न्यूज च्यानलसँगको अन्तरवार्तामा उनले कोरोनाभाइरस प्रयोशालामै बनेको र यो भाइरस ए,चआ,इभी भा,इरसको उपचारको लागि भ्याक्सिन बनाउने प्रयास गर्दा बनेको दावी गरेका छन् । मन्टेग्नियरलाई सन् २००८ मा ए,चआ,इभी भाइरसकै खोजीको लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।

मन्टेग्नियरले अन्तरवार्तामा बताएअनुसार कोभिड १९ को जीनोममा ए,चआ,इभीका एलिमेन्ट पाइएका छन् र त्यसमा मलेरियाका रो´गाणुका केही एलिमेन्ट समेत पाइएका छन् । ल्युक मन्टेग्नियरसहित अन्य ३ वैज्ञानिकहरुलाई एचआइभीको खोजीका लागि सन् २००८ को चिकित्सातर्फको नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । उनले अन्तरवार्तामा अगाडि भने ‘वु´हानको ल्याबले २००० को दशकको सुरुवातदेखि नै यस्ता भाइरसको लागि निपुणता हासिल गरिसकेको छ । यस क्षेत्रमा उनीहरुसँग अनुभव छ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्यूजको हवाला दिँदै कोरोनाभाइरस वु´हानको भाइरोलोजी ल्याबमा काम गर्ने एक इन्टर्नको गल्तीका कारण बाहिर आएको दावी गरेका थिए । फक्स न्यूजले एक विशेष रिपोर्टमा कोरोनाभाइरस प्राकृतिक भए पनि वु´हानको भाइरोलोजी ल्याबबाट निस्किएको दावी गरेको थियो । त्यहाँ सुरक्षा नियमको पालना नगर्दा एक इन्टर्न सं´क्रमित भएकी थिइन् । उनको सम्पर्कमा आएर उनको ब्वाइफ्रेण्ड सं´क्रमित भए त्यसपछि भाइरस वेट मार्केट पुग्यो । यो रिपोर्ट आएपछि ट्रम्पले यस विषयमा जाँच गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *