Butwal Sandesh

Best Nepali Online Newspaper

आफ्नो स्वं*र्गीय बुबालाई सम्झिदै बर्षा सिवाकोटीले लेखिन् मर्मस्पर्शी स्टाटस – ‘छोरीका लागि सबै भन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे, तर जब विश्वासको अर्थ बुझ्ने उमेर भएको थियो, हजुर त छाडेर गै सक्नु भएको थियो …!’

Spread the love

काठमाडौ । चलचित्र “नाई नभन्नु ल २” बाट नेपाली फिल्म छेत्रमा पाईला टेकेकी नायिका बर्षा सिवाकोटी पछिल्लो समयकी ब्यस्त नायिका हुन् । यतिबेला होम क्वारेन्टाइनमा बसिरहेकी वर्षाले आफ्नो स्वर्गीय बाबुलाई सम्झेर एक भावुक स्टाटस लेखेकी छिन् । उनको स्टाटसले सबैलाई निकै भावुक बनाएको छ ।

उनले स्टाटसमा स्वर्गिय पितालाई संझदै त्यो कालो रात मेरा लागि कैलै पनि नआइ दिएको भए कस्तो हुन्थ्यो भनेकी छिन् । उनले लेखेकी छिन् – ‘छोरीका लागि सबै भन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे तर जब विश्वास को अर्थ बुझ्ने उमेर भएको थियो हजुर त छाडेर गै सक्नु भएको थियो … तर आफ्नो ठाउमा मेरो अगाडि हजुरले उभियाइ दिनु भएको त्यो आ’त्मबल , निष्ठा र आ’त्मसम्मानको छबिलाई सधै एक्लै डोहोर्याइ हिडेका यि दुई पाइलालाइ म कहिल्यै डगमगाउन दिने छैन… भगवान को काख बाट यसरि नै सधै हजुर को आशीर्वाद बर्सि रहोस र परिवार प्रति हजुरले सुम्पिनु भएको जिम्मावारी लाइ सहज निर्वाह गर्न सकु… माया गर्ने मान्छे को याद मा समय बितेको त पत्तो नै नहुने रैछ… यि १० बर्ष कति चाडो बिते , थाहै भयन ? फेरि पनि लाग्छ वैशाखको त्यो कालो रात कहिल्यै नआइदिएको भए ।’

दर्जजौ चलचित्रमा अभिनय गरेर चर्चा बटुलेकी उनि पछिल्लो समय चलचित्र प्रदेशी दुईमा फाइनल भएकी छिन् । तर लकडाउनका कारण चलचित्रको छायांकन रोकिएको छ । तथापि यो माहामारिको समयमा वर्षाले गरिव मजदुरलाई आर्थिक सहयोग गरेकी छिन् । भने सडकमा भोक भोकै रहेका पशुपन्छिलाई खाना बाडेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *