Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकामा काेराेनाले अहिलेसम्म १० नेपालीको ज्या*न लिइसक्यो ।

Spread the love

काठमाडौं, ७ वैशाख । अमेरिकामा म*हामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गु*माउने नेपालीको संख्या १० पुगेको छ । तीन साताअघि नि*धन भएका ७२ वर्षीय विष्णुकुमार राईको श*व न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै नि*धन हुनेको संख्या १० पुगेको हो ।

यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको नि*धन भएको थियो । शुक्रबार एक अर्का नेपालीको नि*धन भएको छ, तर अस्पतालले अधिकारिक रूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरी दिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’ का रूपमा रहेको न्यूयोर्कमा भएको मृ*त्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ ।

अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआएका कारण श*व यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले जानकारी दिए । भण्डारीले स्थानीय निकाय र श*वदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

यसैबीच भण्डारीले नेपाली लगायत सबैको नि*धन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारणले विभिन्न मितिमा नि*धन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहेका थिए ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै स*ङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई स*ङ्क्रमणबाट मुक्त गराउन सफल भएको आँकडा रहेको बताउँछन् । यसअघि अमेरिकामा करिब ५०० नेपाली स*ङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *