Butwal Sandesh

Best Nepali Online Newspaper

आज वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन, सेलिब्रेटीदेखि प्रशंसकले दिए शुभकामना

Spread the love

काठमाडौं, ७ बैशाख । मह जोडीका एक सदस्य वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । उनको जन्मदिनको अवसरमा सेलिब्रेटी तथा प्रशंसकले सामाजिक सञ्जालमार्फत जन्मदिन शुभकामना दिएका छन् ।

त्यस्तै मह जोडीका हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले फेसबुकमा मदनकृष्णसँगैको तस्विर राख्दै लेखेका छन्, ‘मदन दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना ।’।

यस्तै सीताराम कट्टेलले हास्य जगतका सम्राट भन्दै मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘हास्य जगतका सम्राट आदरणीय मदन दाइलाई जन्मदिनको अनगिन्ती शुभकामना ।’

यस्तै कुमार कट्टेल, निर्देशक प्रदीप भट्टराईले जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना गरेका छन् ।

‘आदरणीय मदनकृष्ण श्रेष्ठ दाइलाई सुखद जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ भन्दै गायक रामकृष्ण ढकालले जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

मदनकृष्ण श्रेष्ठले आफ्नो आ’त्मकथा ६ वर्ष लगाएर लेखेका थिए । उनको आ’त्मकथा ‘महको म’ लोकप्रिय छ ।

लामो समयदेखि पार्किन्सन रो,गबाट ग्रसित मदनकृष्ण श्रेष्ठ घरमै आराम गरेर बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *