जनकपुरको सडकमा जब २ जना महिला पैसा छरेर गा*यब भए…

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा २ जना महिलाले सडकमा यत्रतत्र १० रुपैयाँका नोट फ्यालेर भा*गेका छन् । सडकमा यत्रतत्र पैसा फालेर भागेपछि स्थानीयवासी कोरोना भाइरस सं क्रमण फैलने आशं*कामा त्र*सित भएका छन् ।

स्थानीयवासीहरुले कोरोना सं*क्रमण फैलाउने उद्धेश्यले ती महिलाले पैसा छरेर भा*गेको हुनसक्ने आशं*का गरेका छन् । जनकपुरधाम वडा नम्बर ४ मा पर्ने महावीर चोकमा अप*रिचित २ महिलाले सडक र पसल अगाडी रकम फ्यालेर भागेपछि स्थानीयवासी त्र*सित बनेका हुन् ।

शुक्रबार करिब १ बजे २ जना महिलाले १० रुपैयाँको नोट जथाभावी छरेर भा*गेको स्थानीयवासीहरुले बताए । निलो र हरियो रंगको साडी लगाएका ती महिलाले करिब सय मिटरको दूरीसम्म सडक र पसल अगाडी १० रुपैयाँको नोट फ्यालेको स्थानीयवासीहरुले बताए ।

स्थानीयवासीले सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि महिलाहरु पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरु पैसा फ्याल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना एकाएक भागे,’ महावीर चोकका शंकर साहले भने ।

उनले भने– ‘तीन चारजना मानिसले उनीहरुले फ्यालेको नोट सडकबाट उठाएका छन् ।’ घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले नोट छरिएको ठाउँमा तत्कालै सेनिटाइजर छर्केको छ । सडकमा छरिएका केही नोट प्रहरीले समेत टिपेको छ ।

प्रहरीले नोट फ्यालिएको स्थानलाई पहिचान गरी गोलो घेरा बनाएर सेनेटाइजर छर्केको छ । सडकमा नोट फ्याल्ने महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै सडकमा छरिएका नोट उठाउने स्थानीयवासीको समेत खोजी भइरहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए । – रातोपाटिबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *