Butwal Sandesh

Best Nepali Online Newspaper

नेपाल र नेपालीको लागि दु:*खको खबर, आज एकै दिन १४ जनामा कोरोना सं*क्रमणको पुष्टि, नेपालमा जम्मा सं*क्रमित ३० पुग्यो

Spread the love

काठमाडौं, ५ वैशाख । नेपालमा कोरोना भाइरस कोभिड-१९ को नया १४ सं क्रमित फेला परेका छन् । आज शुक्रवार १३ जना पुरुष र १ महिला गरी थप १४ जनामा कोरोनाभाइरस स ङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कोरोना भाइरस कोभिड-१९ को सं क्रमितको संख्या ३० पुगेको छ । सं क्रमित मध्ये उदयपुर जिल्लाका १२ जना पुरुष र चितवन जिल्लाको २ जना २७ बर्षीय पुरुष र ६३ बर्षिय महिला रहेका छन । उदयपुरका भने ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय सबै पुरुष सं क्रमित हुन् ।

सं क्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *