Butwal Sandesh

Best Nepali Online Newspaper

महिला श्रमिक र सुरक्षाकर्मीका लागि प्रियंका चोपडाले गरिन् एक लाख डलर सहयोग

Spread the love

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा ज्या न जानेको संख्या दिनहुँ बढदै गएको छ । कोरोना भाइरसविरुद्ध लड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । केहि दिन पहिला अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका थिए ।

उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग यसबाट बच्न घरबाट कोहि पनि बाहिर ननिस्कन आग्रह समेत गरेका थिए । अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिने घोषणा गरेका छन् । उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई। ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएकाछन् । त्यस्तै बलिउड सुन्दरी नायिका प्रियंका चोपडाले कोरोना भाइरस कोभिड १९ रोकथामका लागि १ लाख अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्।

उनले सहयोग गर्ने बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् । प्रियंकाले महिला श्रमिक र सुरक्षाकर्मीका लागि खर्च गर्ने गरी उक्त सहयोग घोषणा गर्दै भनेकी छिन् । यो समय भनेको हामिले सहयोग गर्ने हो । यसबाट बज्नको लागि घर भित्रनै बस आग्रह गरेकी छिन् ।

नेपालमा तेश्रो साताको लकडाउन चलिरहेको छ । सामान्य नागरिकदेखि सेलिव्रेटीसम्मले घरमा बसेर सरकारको निर्देशनलाई पालना गरिरहेका छन् । घरमा बस्दा इन्टरनेटको सुविधा हुनेहरु सामाजिक सञ्जालमा व्यस्त छन् ।

यस्तैमा नायिका पूजा शर्मा पनि सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सक्रिय छिन् । उनी फेसबुक तथा इन्स्टाग्राममा दैनिक रुपमा कुनै न कनै सामाग्री पोस्ट गरिरहेकी हुन्छिन् । बुधबार मात्रै आफ्नो टिमलाई मिस गरिरहेको स्टाटस पोस्ट गरेकी पूजाले बिहिबार भने व्यांग्यत्मक स्टाटस पोस्ट गरेकी छिन् ।

‘कुकरलाई भुक्न देऊ, तरपनि राजा भनेको सिंह नै हो । स सना कुकुरहरु भुक्दैमा सिंहले फर्केर हेर्दैन्’, पूजाको यो स्टाटस कसलाई र कुन आशयमा लेखिन् ? त्यो उनैलाई थाहा होला । तर उनका शुभ चिन्तकले पूजालाई सिंहको संज्ञा दिएका छन् । कुकुर चाहिं को हुन् त ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *