Butwal Sandesh

Best Nepali Online Newspaper

लक डाउनको सदुपयोग गर्दै आमासंग खेत खन्दैछन अभिनेता आर्यन सिग्देल

Spread the love

कोरोना भाइरसको सं क्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि लामो समयदेखि काठमाडौंमा बस्दै आएका अभिनेता आर्यन सिग्देल श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका छन् ।

त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् । गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ चलचित्रमार्फत् दर्शकसँग साक्षात्कार गरेका उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । छेवैमा उनकी आमा छिन् । अभिनेता आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् ।

त्यस्तै गरि, प्रेमी आयुष्मान देशराज जोशीसँग हालैमात्र बैबाहिक बन्धनमा बाँधिएकी लोकप्रिय नायिका प्रियंका कार्कीका सामाजिक संजालमा विबहका तस्विरले भरीएका छन् । यो जोडीले लगनगाँठो सकेको केही समयमा नै देशमा नै लकडाउन सुरु भयो । प्रियंका र आयुष्मानका फेसबुक, इस्टाग्राममा उनीहरु एकअर्काको मायामा पोखिएका दृश्यहरु एकपछि अर्को गर्दै थपिदै गएका छन् ।

सुसुरुमा प्रियंकाले सिन्दुर, पोते, चुरामा सजिएका तस्विर पोष्ट गरिन् तर अहिले लकडाउनको समयमा टाइम पास भन्दै प्रियंकाले पतिसँग रोमान्टिक अवस्थामा समय बिताएका हट अवतारका तस्विरहरु पोष्ट गरिरहेकी छिन् । लामो समयको प्रेमपछि वैबाहिक बन्धनमभभा बाँधिएकी प्रियंकाले पहिले कोर्ट म्यारिज गरेपछि हिन्दु परम्परा अनुसार विबाह गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *