अचम्मै भो हाम्रो नेपालमा : एक महिना श्रीमतीसँगै बसेका श्रीमानमा कोरोना देखियो, श्रीमतीमा देखिएन !
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा भेटिएका कोरोना भाइरस (कोभिड–१९) सं क्रमित परिवारका एक सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सोमबार गरिएको ¥यापिड टेस्टका क्रममा एण्टीबडी पोजेटिभ देखिएपछि सासु र श्रीमानसँगै पाटन अस्पताल भर्ना गरिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको हो ।
ती महिलाकी ८१ वर्षीया सासु र ५८ वर्षका श्रीमानमा मंगलबार कोरोना पुष्टि भएको थियो । महिलाको पनि पहिलो रिपोर्ट नेगेटिभ आएपछि पुनः परीक्षण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा महिलाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
त्यसै गरि, कैलालीमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुवै जनाको रिपोर्ट पोजिटिभ देखाएको हो ।
तर दुबै जना सुदूरपश्चिमका भने होईनन्। प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको सं क्रमण देखाएको हो।
उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ। संघीय सरकारले मेसिन पठाएपछि धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो।
धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए। दुबै जना भारतबाट आएका हुन्।
रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई रूकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ।