Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना सं*कटपछि दुबई र अबुधाबीका कामदारले पालना गर्नुपर्नेछ यस्ता नियम

Spread the love

दुबई शहरले मंगलबार सर्कुलर जारी गर्दै अन्य इमिरेट्समा जानका लागि कामदारलाई निषेध गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि यस शहरले विभिन्न योजना ल्याएको हो ।

‘समुदायका सबै क्षेत्रको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्नु नै दुबई महानगरको लक्ष्य हो र अहिलेको अवस्थामा सामाजिक सहकार्य र स्वास्थ्य निर्देशिकाहरु पालना गर्नु जरुरी छ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुबईबाहिरका क्षेत्रमा कामदारको आवत–जावत बन्द हुनेछ । दुबईमा नबस्ने कामदारलाई बाहिरबाट आउनका लागि रोक्ने उद्देश्यले यस्तो गरिएको छ ।’

यसअघि यसै साता अबुधाबी क्षेत्रले ब्लु कलर कामदारले शहर छाड्न नपाउने र यसबाहेकका अन्य कामदार नियमअनुसार अबुधाबी छिर्न जनाएको थियो । ‘कम्पनीहरुले अबुधाबीबाट कामदार बाहिर पठाउन पाउनेछैन, उनीहरुले आफ्नो भ्रमणलाई अबुधाबी, अल ऐन र अल दाफ्राभित्रै सीमित राख्नुपर्नेछ,’ अबुधाबीस्थित आर्थिक विकास विभागले भनेको थियो ।

अहिले अन्य इमिरेट्सका कामदारहरु अबुधाबी जान पाउँदैनन् । ‘कोरोना भाइरसको सं क्रमण फैलने सम्भावित जोखिम कम गर्दै कामदारको स्वास्थय र सुरक्षाका लागि यी पूर्वसावधानी र सतर्कताका मापदण्ड अपनाइएको हो,’ विज्ञप्तीमा भनिएको छ । कोरोना भाइरसका कारण युएईमा ४ हजार ९ सय ३३ जना सं क्रमित भइसकेका छन् ।

यहाँ ठूलो संख्यामा कामदारहरुले रोजगारी समेत गुमाइसकेका छन् । म*हामारीलाई ध्यानमा राख्दै युएई सरकारले विदेशी कामदारले चाहेमा सहजै घर फर्कन पाउने नियम ल्याएको थियो । तर, नेपाललगायत सम्बन्धित केही देशले आफ्ना कामदारलाई घर फर्कन रोक लगाएपछि युएई सरकारले ती देशलाई कस्तो कारबाही गने भनेर अध्ययन गर्दैछ ।

ती देशहरुसँग भविष्यमा कामदारको संख्या कटौती वा वैदेशिक रोजगारीका लागि गरिएको सम्झौता नै रद्द गर्न सकिने विकल्पमा पनि छलफल भइरहेको मानव संशाधन मन्त्रालयका अधिकारीलाई उद्ृत गर्दै खलिज टाइम्सले लेखेका थियो । युएईमा झन्डै ३ लाख नेपाली कामदार छन् । कोरोना भाइरसका कारण रोजगारी गुमाएका धेरै कामदारले नेपाल फर्कन चाहेका छन् । तर, लकडाउन र अन्तर्राष्ट्रिय उडान स्थगित भएकाले उनीहरुको इच्छा पूरा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *