Butwal Sandesh

Best Nepali Online Newspaper

२०२० मा विश्वभर चम्किन सफल नेपालका यी ६ जना युवा, कोरोनाका कारण हाइलाईटमा आउन सकेनन

Spread the love

काठमाडौ । विश्व प्रख्यात अमेरिकी बिजनेस म्यागेजिन ‘फोर्ब्स’ले ३० वर्षमुनिका विश्वका ३० युवाको सूची सार्वजनिक गर्‍यो । त्यस सूचीमा ६ जना नेपाली युवा परेका छन् । कोभिड–१९ को प्रभावले उनीहरुले खुशी साट्न पाएनन् । विश्वभर कोरोना भाइरस सं क्रमण (कोभिड–१९) को त्रा*सका बीच सार्वजनिक भएको सूचीको चर्चा भने उच्च छ ।

प्रतिमा शेर्पा

अमेरिकाको क्यालिफोर्नियामा अध्ययनरत प्रतिमा शेर्पा नेपाली स्टार गल्फ खेलाडी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक नेपाल गल्फ कोर्सको झुपडीमा हुर्किएकी हुन्, उनी । त्यही क*ष्टप्रद जीवनले उनलाई उच्च वर्गको मात्र पहुँचमा भएको मानिने गल्फको अन्तर्राष्ट्रिय खेलाडी बनाइदियो । कोरोनाको भयबीच आएको फोर्ब्सको सूचीले उनको खुसीको सीमा छैन । तर, त्यो खुसी कोरोनाको भ*यबीच सबैमाझ बाँड्न नपाएकामा खिन्न पनि छिन्, उनी । उमेरले २० वर्ष लागेकी उनलाई फोर्ब्सको यस सूचीले बाँकी जीवन गल्फ खेलमै व्यतीत गर्न थप उत्साह दिएको छ ।

शुभांगी राणा

अक्टोबर २०१८ मा शुभांगी राणा र जेसलिना राणाले ‘प्याड टु गो’ सुरु गरे । महिनावारीका वेला महिलाले भोग्नुपर्ने क*ष्टमा सहयोगी बन्न खोजेकी शुभांगी ‘सामाजिक उद्यमशीलता’ विधाअन्तर्गत छनोट भएकी छन्, फोब्र्समा । २३ वर्षीया उनी सिभिल इन्जिनियर हुन् । कार्यालयपछि उनी ‘प्याड टु गो’ अभियानलाई समय दिन्छिन् । सिक्का हाल्दा प्याड निस्किने ‘भेन्डर मेसिन’ सातै प्रदेशमा पुर्‍याउने अभियान छिन् । सिनेमाहल, स्कुल र क्याम्पसहरूमा यस्ता मेसिन पुर्‍याइरहेका छन् । भविष्यमा विकट इलाकासम्म पुर्‍याउने योजनामा छन्, उनीहरू ।

जेसलिना राणा

जसलिना राणा कानुन व्यवसायी हुन् । पारिवारिक सम्बन्ध रहेका शुभांगी र आफूले सुरु गरेको अभियानले अन्तर्राष्ट्रिय पहिचान पाएको जेसलिना बताउँछिन् । तर, यो अभियान प्रसिद्धिका लागि नभई सामाजिक काम र व्यवसायको ध्येयबाट सुरु गरिएको उनको भनाइ छ । उनी पनि ‘सामाजिक उद्यमशीलता’ विधामा फोर्ब्सको सूचीमा परेकी हुन् । उनीहरूको उद्यमबाट प्राप्त आम्दानीको १० प्रतिशत बाजुराका महिला र अ*शक्त व्यक्तिहरूका लागि शौचालय बनाउन प्रयोग हुन्छ ।

रोहित तिवारी

सामान्य परिवारको भान्सामा पाकेको खाना पनि बजारमा बिक्री गर्न सकिन्छ भन्ने उदाहरण हो, फुड मारियो । खानाहरूको यस प्लेटफर्मका संस्थापक हुन्, रोहित तिवारी । पाकेको खाना अर्डरअनुसार ठाउँ­­­­–ठाउँमा पुर्‍याइदिन्छ, फुड मारियोले । २८ वर्षका तिवारीले डिसेम्बर २०१७ देखि फेसबुक पेजमार्फत यो उद्यम सुरु गरेका हुन् । हालसम्म सयजना कुक र करिब एक लाख ग्राहक उनको उद्यममा जोडिइसकेका छन् । आफ्नो उद्यम फोर्ब्सको सूचीमा पर्दा जीवनमा सबैभन्दा खुसी मिलेको तिवारी बताउँछन् ।

निकिता आचार्य

सन् २०१२ मा इ–कर्मसका लागि वातावरण तयार भएकै थिएन । तैपनि, केही फरक गर्ने सोचका साथ दुई सय डलर (त्यतिवेलाको २० हजार) बाट सुरु भयो, अर्बन गर्ल । आफ्नो आठवर्षे यात्रा र संघर्षलाई फोर्ब्सले पुरस्कृत गरेको मानेकी छिन्, यसकी सह­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­–संस्थापक निकिता आचार्यले । ‘अर्बन गर्ल’ले नेपाली डिजिटल मार्केटमा राम्रो स्थान बनाएको छ, अहिले । ‘अर्बन गर्ल’ अनलाइन एक्सेसरिज स्टोर हो, जहाँबाट अनलाइन सपिङ गर्न सकिन्छ ।

किरण तिमल्सिना

डाटा एनालिटिक्समा स्नातकोत्तर गरिरहेका २८ वर्षीय किरण तिमल्सिना ‘अर्बन गर्ल’का सह­संस्थापक हुन् । फोर्ब्समा सूचीकृत हुनुलाई उनले व्यक्तिगत र व्यावसायिक दुवै जीवनको सफलता मानेका छन् । ‘यो पार्ट अफ लाइफ भएको छ,’ उनी भन्छन् । स्टार्टअप गर्न चाहने युवालाई उनी आइडिया, धैर्य र प्यासनमा ध्यान दिन सुझाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *