Butwal Sandesh

Best Nepali Online Newspaper

आँचलले आ*लोचकलाइ लेखिन् यस्तो मन छुने स्टाटस, `धनको पछि लागि, पललाई धो*का दिइ सुन्दा चि*त्त दुख्यो´ (भिडियो हेर्नुहोस )

Spread the love

उदिपसंग बिहे भए संगै आचल शर्मालाई ताली अनि गाली दुबै मिल्यो । सामाजिक संजालमा भएका टीका टिप्पणीलाई केलाउदै आचल शर्मा यस्तो लेख्छिन –

`मलाई माया गर्ने, घृ*णा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा*ली स्वभाविक हो, जे होस् माया मा*र्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइदिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि किशोरावस्थामा रमाईरहेकी एउटा किशोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।

मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परिपक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो ।´

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *