Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकामा रहेकी सिपोराको चि*न्ता – ‘शक्तिशाली देशमा भएर पनि अ*सुरक्षित महसुश गर्दैछु’

Spread the love

काठमाडौं, ३ बैशाख । भलिबल खेलाडी तथा नायिका सिपोरा गुरुङ यतिबेला अमेरिकामा छिन् । तर, उनी विश्वकै शक्तिशाली देशमा रहेर पनि असुरक्षित महशुश गरिरहेको बताउँछिन् ।

सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेकी छिन्– ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटाैँ ।’

उनले, हरेक वि*पत्तीले एउटा न एउटा पाठ सिकाएर जाने भन्दै चिन्तालाई छाडेर संसारकै हित हुने चिन्तामा लाग्न पनि सबैलाई अपिल गरेकी छिन् ।

पछिल्लो समय सिपोराले नेपाली चलचित्र ‘भुँइमान्छे’मा अभिनय गरेकी थिइन् । त्यो सँगै केहि दिन अघिदेखि भने उनि पुर्वप्रेमी डा उदिप श्रेष्ठसंगको प्रेमका कारण चर्चामा रहेकी छिन् । उदिपले नायिका आँचल शर्मासँग विवाह गरिसकेपछि सिपोराले केहि वर्षअघि एक मिडियासँग दिएको अन्तर्वार्ता निकै चर्चामा आएको थियो । जहाँ उनले आफ्नो पहिलो र अन्तिम प्रेमी नै ‘उदिप श्रेष्ठ’ रहेको बताएकी थिइन् ।

त्यसैगरि, काठमाडौंस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनालाई कोरोना सं क्रमण देखिएको समाचारले अपार्टमेन्टमा बस्ने ५ सय परिवारका १५ सयभन्दा बढि व्यक्तिलाई चि*न्तित तुल्याएको छ, जसमध्ये एक हुन् नायिका बेनिशा हमाल ।

बेनिशा सनसिटी अपार्टमेन्टको ‘ब्लक जे’ मा आफ्नो परिवारसहित बस्छिन् । चलचित्र विषय पढ्न मुम्बईमा रहेकी उनी गत चैत ६ गते नेपाल फर्केकी थिइन् । त्यसयता उनी अपार्टमेन्टभित्रै १४ दिन सेल्फ क्वारेन्टाइनमा बसिन् ।

१४ दिनको आइसोलेसन अवधि गुजारेपछि उनको ड*र कम भएको थियो । तर, अपार्टमेन्टभित्रै सं*क्रमण देखिएपछि फेरि त्रा*श उत्पन्न भएको छ । सं*क्रमित परिवार र बेनिशा बस्ने ब्लग फरक हो । सो परिवारसँग उनको चिनजान पनि थिएन ।

तर, नजिकै बस्ने भएकाले ड*र त लाग्ने नै भयो । अपार्टमेन्टभित्रका सबैले सामान किन्ने पसलहरु लगभग एउटै भएकाले पनि जो*खिम छ नै । बेनिशा भन्छिन्, ‘अपार्टमेन्टको नजिक थोरै मात्र पसलहरु छन् । त्यसैले त्यहाँ चाहीँ ड*र लागेको छ ।’

उनले सोही अपार्टमेन्टमा बस्नेलाई कोरोना सं*क्रमण छ भन्ने कुरा समाचार पढेर थाहा पाइन् । अहिले अपार्टमेन्टलाई पूर्णरुपमा ‘सिल’ गरिएको छ । त्यहाँ बसोबास गर्ने हरेकको कोरोना टेस्ट गर्ने तयारी छ । बेनिशा भन्छिन्, ‘यहाँ त अहिले कोही बाहिर निस्किनु भएको छैन । तल प्रहरीहरु बस्नुभएको छ । अरु बाहिर कोही देखिएका छैनन् ।’

बेनिशा पहिला–पहिला छतमा उक्लेर व्यायाम गर्ने गर्थिन् । अहिले त त्यो बन्द गरिएको छ । पहिला भन्दा अब झनै सतर्क हुनुपर्ने समय आएको बेनिशा बताउँछिन् । अब कोठाबाट बाहिरै ननिस्किने उनको योजना छ । केही समयका लागि पुग्ने खाद्यान्न भएकाले बाहिर ननिस्की नहुने पनि केही छैन ।

उनी भन्छिन्, ‘हामीले हिजो नै खाद्यान्नका सामानहरु ल्याएका छौँ । केही समयको लागि हामीलाई समस्या छैन । तर, खाना सकियो नै भने पनि तातोपानीमा नुन हालेर खाएर बस्छु, बाहिर जान्न ।’

बेनिशालाई त्यहाँ रहेका अन्य परिवारको चिं*न्ता छ । ‘मैले यहाँको व्यवस्थापनसँग उपभोग्य वस्तुको आपूर्तिबारे कुरा गरेको थिएँ,’ बेनिशा भन्छिन्, ‘सरकारले नै सिल गरेको हो, अब सरकारबाट नै केही गर्नुहुन्छ होला भन्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *