कोरोनाभाइरसको खो*प बनाउन कसरी चु*क्यो विश्व ?

सन् २००२ मा चीनको ग्वा*ङझाउ प्रान्तमा एउटा अन्जान भाइरसका कारण म*हामारी फैलियो । उक्त भाइरसलाई वैज्ञानिकहरुले ‘सार्स’ नाम दिए । सार्सको अर्थ ‘सिनियर एक्युट रेसपिरेटरी सिन्ड्रोम’ अर्थात् यस्तो रो ग जो मानिसलाई श्वास लिन कठिन तुल्याउँथ्यो ।

वैज्ञानिकहरुले कोरोनाभाइरसका कारण सार्सको सं क्रमण भएको कुरा पछि गएर पत्ता लगाए । यो भाइरस जनावरबाट सुरु भएर मानिसमा सरेको तथ्य विभिन्न अनुसन्धानबाट प्रकाशमा आएको थियो ।
त्यतिबेला यो भाइरस केही महिनामै २९ देशमा फैलियो । यसबाट ८ हजारभन्दा बढी मानिस सं क्रमित भए भने ८ सयभन्दा बढी मानिसको मृ त्यु भयो ।

त्यतिबेला सिङ्गो विश्व नै यो सं क्रमणको खोप कहिले तयार होला भन्नेमा चि*न्तित थियो । युरोप, अमेरिका र एसियाका दर्जनौँ वैज्ञानिकले निकै तिव्रताका साथ यसको खोप बनाउने दिशामा काम थाले । कयौँ क्लिनिकल परीक्षणका लागि तयार भएका थिए ।

खो*पको आवश्यकता

तर त्यतिबेला नै सार्सको म*हामारी नियन्त्रणमा आयो । लगत्तै कोरोनाविरुद्धको खोपका लागि जारी सम्पूर्ण अनुसन्धानहरु बन्द गरियो । केही वर्षपछि अर्थात्, सन् २०१२ मा एउटा अर्को प्रा*णघातक कोरोनाभाइरस ‘मर्स–कोभ’ (मिडिल इस्ट रेसिपेरिटी सिन्ड्रोम) को प्रकोप देखियो । यो सं क्रमण ऊँटबाट मानिसमा सरेको थियो ।

हाल नयाँ कोरोनाभाइरस ‘सार्स–कोभ–२’ ले करिब १५ लाख मानिसलाई सं क्रमित तुल्याएको छ । फेरि एक पटक विश्वमा चिन्तासँगै प्रश्न उठ्न थालेको छ कि यसको खोप कहिलेसम्म बन्छ होला ? प्रश्न उठ्न थालेको छ, कोरोनाभाइरसको पछिल्ला आ*क्रमणले कुनै पनि बेला कोभिड–१९ जस्तो घा*तक सं क्रमण फैलाउन सक्छ र विश्वमा म*हामारीको रुप धारण गर्न सक्छ भन्ने कुराको पाठ हामीले किन सिक्न सकेनौँ ? किन यसको खोप बनाउने दिशामा अनुसन्धानलाई त्यतिबेला नै अघि बढाइएन ?

‘हामीलाई रुची छैन’

अमेरिकास्थित ह्युस्टनमा वैज्ञानिकको एउटा समूहले भने कोरोनाभाइरसविरुद्धको खोप बनाउने काम छोडेको थिएन । सन् २०१६ मै उनीहरु आफ्नो प्रयासमा सफल पनि भए । उनीहरुले कोरोनाभाइरसको खोप त्यतिबेला नै तयार पारे ।

बेयलर कलेज अफ मेडिसिनको नेशनल स्कुल अफ ट्रपिकल मेडिसिनका सहनिर्देशक डा. मारिया एलिना बोट्टाज्जी भन्छिन्, ‘हामीले परीक्षण पूरा गरेका थियौँ र खोपको प्रारम्भिक उत्पादन प्रक्रियाको महत्वपूर्ण चरण पनि पार गरिसकेका थियौँ ।’

डा. मारिया टेक्सासको बाल अस्पतालको खोप विकास सेन्टरकी सहनिर्देशक पनि हुन् । उनले अगाडि भनिन्, ‘त्यसपछि हामी युएस नेशनल इन्स्टिच्यूट अफ हेल्थमा पुग्यौँ र हामीले विकास गरेको खोपलाई चाँडै क्लिनिकसम्म लैजान के गर्न सकिन्छ भनेर सोध्यौँ । तर उनीहरुले तत्काल आफूहरुलाई यसमा रुची नरहेको बताए ।’

जब म*हामारी अन्त्य भयो

उक्त खोप सन् २००२ मा फैलिएको सार्स म*हामारीविरुद्ध तयार पारिएको थियो । उक्त म*हामारी सुरुवात भएको मुलुक चीनमै सं क्रमण नियन्त्रणमा आइसकेको थियो । त्यसैले खोपका लागि अनुसन्धानमा जुटेका वैज्ञानिकहरु रकम जुटाउन सक्ने अवस्थामा रहेनन् । उनीहरुले कोरोनाभाइरसको खोप बनाउनेबारे अनुसन्धान त्यसै रोकेका थिएनन् । विश्वका कयौँ वैज्ञानिकले आफ्नो अनुसन्धान उक्त सं क्रमणको त्रा*सदीमा आएको कमीका कारण रोकेका थिए । त्यसमा मानिसहरुको रुची कम हुँदै गएको थियो । त्यसैले कतिपय वैज्ञानिकले अनुसन्धानका लागि पैसा जुटाउन सक्ने अवस्था रहेन ।

पेनसिलभेनिया विश्वविद्यालयमा माइक्रोबायोलोजीकी प्रोफेसर सुजैन भिजका अनुसार ७–८ महिनामै म*हमारी अन्त्य भएका कारण सरकारहरु र औषधि कम्पनीहरुले कोरोनाभाइरसको अध्ययनमा रुची देखाएनन् । उनले भनिन्, ‘साथै सार्सको असर एसियामा बढी देखिएको थियो, क्यानाडामा यसको सं क्रमण थोरै देखियो तर युरोपसम्म सं क्रमण पुगेन । अहिलको कोभिड–१९ जस्तो रुप सार्सले लिन पाएन ।’

त्यसपछि ‘मर्स’ भाइरसले पनि मध्यपूर्वमा मात्र असर गरेको उनले बताइन् । त्यसैले पनि त्यतिबेला कोरोनाभाइरसप्रति मानिसहरुको रुची कम भएको उनको भनाइ थियो । ‘मलाई वास्तवमै लागिरहेको छ कि हामीले त्यतिबेलादेखि नै राम्रोसँग तयारी गर्नुपर्ने थियो,’ उनले भनिन् ।

खोप तयार गरेको भए ….

सार्स र मर्सलाई विशेषज्ञहरुले ‘ख*तराको पूर्वसूचना’ मानेका छन् । उनीहरुका अनुसार ती दुवै सं क्रमणले कोरोनाभाइरसको ख*तराप्रति सचेत गराएका थिए । उक्त चेतावनीलाई नजरअन्दाज गरिनुहुँदैनथ्यो र खोपबारेको अनुसन्धानलाई निरन्तर अघि बढाइनु पथ्र्यो भन्ने विज्ञहरुको भनाइ छ ।

डा. मारियाले त्यतिबेला तयार पारेको खोप अहिलेको कोभिड–१९ का लागि होइन, त्यो बेला देखिएको सार्सको सं*क्रमणका लागि थियो । तर त्यो बेला खोप विकास गरिएको भए अहिले कोभिड–१९ को खोप बनाउन निकै सहज हुने विज्ञहरुको भनाइ छ ।

येल युनिभर्सिटीमा स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर जेसन स्क्वार्टज भन्छन्, ‘कोभिड १९को म*हामारीविरुद्धको तयारी हामीले सन् २००२ को सार्स म*हामारीकै समयदेखि गर्नुपर्दथ्यो ।’ उनले अगाडि भने, ‘यदि हामीले सार्स खोपको प्रोग्रामलाई बीचमै नछोडेको भए नयाँ कोरोनाभाइरसमाथि अनुसन्धान गर्न हामीसँग निकै आधारभूत अध्ययन उपलब्ध हुन्थ्यो ।’

कोरोना परिवार

नयाँ भाइरस सार्स–कोभ–२ पनि त्यही कोरोना परिवारको जीवाणु हो जसले सन् २००२ मा सार्स म*हामारीलाई जन्म दिएको थियो । डा. मारियाका अनुसार दुवै जीवाणुमा अनुवांशिक रुपमा ८० प्रतिशत समानता छ । उतिबेला खोपको प्रारम्भिक प्रक्रिया पूरा भइसकेका कारण नयाँ कोरोनाभाइरसका विरुद्ध पनि चाँडै प्रभावकारी बनाउन सकिन्थ्यो ।

‘त्यो बेला खोप बनाइएको भए अहिले खोपले कसरी काम गर्छ भन्ने उदाहरण हामीसँग हुन्थ्यो, त्यो बेलाको र अहिलेको जीवाणु अलग अलग भए पनि उनीहरुको वर्ग एउटै हो, समस्याको जड कहाँ छ भन्ने अनुभव पनि हामीसँग भइसक्थ्यो,’ उनले भनिन्, ‘किनकि हामीले सार्स खोपको क्लिनिकल ट्रायलमा त्यसले कसरी प्रतिक्रिया जनाइरहेको छ भन्ने देख्यौँ, नयाँ खोप पनि करिब करिब त्यसरी नै काम गर्ने खालको हुनुपर्छ ।’

व्यावसायिक स्वार्थ

पहिला यो भाइरसबारे यति धेरै अनुसन्धानबाट महत्वपूर्ण जानकारी जुटाइसकेको अवस्थामा अनुसन्धानलाई बीचमै किन रोकियो ? प्रश्न उठ्नु स्वाभाविक हो ।
विशेषज्ञहरुका अनुसार अनुसन्धानका लागि कति खर्च गरियो भन्ने कुरामा यो निर्भर छ ।

डा. मारिया भन्छिन्, ‘हामी एक अर्ब डलरको कुरा गरिरहेका छैनौँ, हामी केवल ३० देखि ४० लाख डलरको कुरा गर्दैछौँ, १५ लाख डलरमा हामी मानिसमा यो खोपको असरबारे क्लिनिकल अध्ययन पूरा गर्दथ्यौँ तर उनीहरुले हाम्रो काम यस्तो अवस्थामा बन्द गराइदिए जतिबेला हामी महत्वपूर्ण नतिजासम्म पुग्न लागेका थियौँ ।’

बायोटेक कम्पनी आरए क्यापिटलका निर्देशक तथा जीवाणु विज्ञेषज्ञ पीटर कोलचिन्स्की भन्छन्, ‘त्यो खोपको कुनै बजार थिएन, त्यसैले उक्त खोपका लागि त्यतिबेला रकम दिन बन्द गरियो ।’ उनका अनुसार अहिले कोरोनाभाइरसका लागि सयौँ खोप छन् तर ती पशु तथा पन्छीका लागि तयार पारिएका हुन् ।

उनी भन्छन्, ‘समस्या यो छ कि कुनै पनि कम्पनीका लागि वर्षौँ या दशकौँसम्म प्रयोगको टुङ्गो नहुने या सायदै कहिल्यै प्रयोग हुने कुनै उत्पादन गर्नु एउटा ख राब कारोबारको प्रस्ताव हो, यो त त्यस्तो कुरा हो जसमा सरकारले लगानी गर्नु पर्दथ्यो ।’

यस्तो कुरालाई सरकारहरुले प्राथमिकता दिएको भए सार्स महामारीको खोपका बारेमा थालिएको अनुसन्धानलाई रकम दिइरहेका हुन्थे र आज कोभिड–१९ विरुद्ध हामी बलियो रुपमा तयार भइसकेको हुन्थ्यौँ भन्ने उनको तर्क छ ।

नयाँ खोप

आजको सत्य भनेकै कोभिड–१९ को खोप चाहिएको छ । आगामी एक या डेढ वर्षसम्म यस्तो खोप तयार हुने सम्भावना निकै कम छ । त्यतिबेलासम्म कोरोनाभाइरसको म*हामारीलाई नियन्त्रणमा लिइसक्ने सम्भावना पनि निकै कम नै छ ।

डा. मारिया र उनको टिमले २०१६ मा तयार गरेको खोपलाई नै परिस्कृत गर्ने काम गरिरहेको छ ताकि कोभिड–१९ को नयाँ खोप तयार पार्न सकियोस् । तर उक्त अनुसन्धानका लागि पनि खर्चको अभाव छ ।

उनी भन्छिन्, ‘२०१६ को खोप अपडेट गर्ने कामका लागि पैसा जुटाइएको छ, नेशनल इन्स्टिच्यूट अफ हेल्थले पनि चार लाख डलर दिएको छ तर यसमा तीव्र रुपमा काम गर्नका लागि अझ बढी रकम आवश्यक पर्दछ । तर यो पूरा प्रक्रिया निकै निराश तुल्याउने खालको छ ।’
बीबीसी हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *