Butwal Sandesh

Best Nepali Online Newspaper

लुकिछिपी भारतीय नागरिक तरकारीको ट्रकमा आउन थालेपछि धरानको कृषि बजार एकसाता ब*न्द

Spread the love

सुनसरी, २ बैशाख । सुनसरीको धरान–१३ स्थित कृषि बजार एक साता बन्द हुने भएको छ । बजार व्यवस्थापन समिति र धरान उपमहानगरपालिकाले एक साताका लागि कृषि बजार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस त्रा*सकाबीच लकडाउन उल्लंघन गर्दै तरकारी बोकेको गाडीमा लुकिछिपी भारतीय तरकारी व्यापारीहरु धरान आउन थालेपछि कृषि उपज बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए ।

लकडाउनको बेला सागसब्जी तरकारी बिक्री वितरणमा रोक लागेको थिएन । तर सोमबार एक भारतीय व्यापारी कृषि उपज बजारमा सागसब्जी तरकारी थोक मूल्यमा किन्न पुगेपछि लकडाउनको बेला कसरी आइपुग्यो भन्ने चासो बढेसॅगै कोरोना त्रा*स फैलिएको थियो ।

काफ्लेले भने, ‘ती भारतीय व्यापारीका भाई धरानमा बसेर तरकारी व्यापार गर्दै आएका छन् । तिनैको तरकारी बोकेको गाडीमा रानी भन्सारबाट लुकेर गत शुक्रबार आएको शंका गरिएको छ । तिनलाई क्वारेन्टाइनमा बस्न भने पनि नबसी बाहिर हिडडुल गरेको थाहा भएपछि प्रहरीको सहयोगमा आइसोलेशन वार्डमा पठाइएको छ ।’

उनका अनुसार तरकारी बोकेको सवारी साधनमा अन्य भारतीय नागरिक पनि लुकिछिपी आउने गरेको सुन्नमा आएपछि कृषि बजार नै बन्द गर्न उपमहानगरपालिका र बजार व्यवस्थापन समिति बाध्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *