Butwal Sandesh

Best Nepali Online Newspaper

भारतीयहरु लु’किछि’पी नेपाल प्रवेश गरेको पाइएपछि सी’मामा थप ६ हजार सशस्त्र प्रहरी परिचालन

Spread the love

काठमाडौं। सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सी’मा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि को’रोना स’क्रमणको त्रा’स बढेकाले सी’मा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सी’मा क्षेत्रमा अ’वैध रूपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो ।

केही स्थानमा भने सी’मा पूर्णरूपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ । छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)मा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरो’नाको स’क्रमण फैलने सन्त्रासलाई रोक्न सी’मा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरूले २४ सै घण्टा सी’मा निगरानी गरिरहेका छन् ।

पछिल्ला दिनमा भारतमा को’रोना स’ङ्क्रमणको दर बढीरहेको कारण पनि नेपालमा थप जो’खिम उत्पन्न हुने अवस्थालाई सरकारले विशेष ख्याल गरेको छ । आज मात्रै वीरगञ्जमा थप तीन जनामा को’रोना भा’इरस सक्र’मण देखिएकाले आवश्यक परेको खण्डमा थप जनशक्ति समेत परिचालन हुन सक्ने सरकारको भनाइ छ ।

नेपाल–भारत सीमा नाकाको नियमति निगरानी गरी आवागमन पूर्णत बन्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाइस सय नेपाली भारतीय क्वारेन्टाइनमा

भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । उनीहरू विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन सक्ने र नेपालमा समेत थप परीक्षण गरेपछि मात्रै आ–आफ्नो घरमा जान सक्ने छन् तर उनीहरू पुनः घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै नेपालतर्फ पनि कूल ६६१ जना भारतीय क्वारेन्टाइनमा छन् ।

नेपाल भारत सी’मा क्षेत्रमा रहेका ती नागरिकलाई नेपालतर्फ प्रदेश सरकारको समन्वयमा स्थानीय तहले र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले आवश्यक प्रबन्ध गरेको छ । रमेश लम्साल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *