Butwal Sandesh

Best Nepali Online Newspaper

डोनाल्ड ट्रम्पको आ*रोप: अमेरिकामा कोरोनाका नयाँ बि*रामी थपिएका छैनन्, सञ्चारमाध्यमले ग*लत सूचना दिए

Spread the love

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनमा अमेरिकामा कोरोनाका नयाँ सं क्रमित नथपिएको दावी गरेका छन् ।

उनले न्युयोर्क, न्युजर्सी, मिसिगन र लुसियानालगायतका राज्यमा अस्पताल भर्ना हुनेको संख्या न्युन रहेको बताएका हुन् ।

उनले कोरोना भाइरसको सं क्रमणविरुद्धको आफ्नो नीतिका कारण सं क्रमितको संख्या नबढ्ने बताएका हुन् ।

ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सञ्चामध्यमले कोरोना सं क्रमणका बारेमा गलत सूचना प्रवाह गरेर सर्वसाधारणलाई त्र*सित पारेको दावीसमेत गरेका छन ।

उनले सं क्रमण रोक्न आफूले सुरुदेखि नै चालेका कदम सहि भएकाले धैर्य रहनसमेत अपिल गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी अमेरिकी सुरुवा रो ग विशेषज्ञ डा. एन्थानी फाउचीले पनि कोरोनाका नयाँ संक्रमणको रफ्तारमा कमि आएको बताए ।

उनले सरकारको प्रभावकारी नीतिका कारण सं क्रमणको दर नियन्त्रणमा आएको तर्क गरे ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको सं क्रमणबाट मृ त्यु हुनेको संख्या २३ हजार ६ सय १० पुगेको छ ।

त्यसैगरी विश्वव्यापी रुपमा भने कोरोनाको सं क्रमणबाट करिव एक लाख बीस हजार जनाको मृ त्यु भएको छ ।

विश्वभर १९ लाख २३ हजार भन्दा बढी प्रभावितमध्ये करिव ४ लाख ४४ हजार जना उपचारपछि घर फर्किएका छन् ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *