Butwal Sandesh

Best Nepali Online Newspaper

मलेसियामा २० जना नेपाली प*क्राउ

Spread the love

क्वालालम्पुर, २ बैशाख । मलेसियामा तीन जना नेपाली प*क्राउ परेका छन् । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको आगमन नियन्त्रण आदेश (एमसिओ) उल्लघंन गरेको आरोपमा उनीहरु प*क्राउ परेका हुन् ।

गत मार्च ३० तारिखमा मलेसियाको पेनाङस्थित चोंङ सडिएन बिएचडिमा कार्यरत ५ जना नेपाली प*क्राउ परेका थिए । प*क्राउ पर्नेहरुमा शोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिल कुमार चौधरी, पँकज कुमार राय लाई रुम बाहिर निस्नेको फेला पारेपछि पक्राउ गरेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन । साथिहरु पक्राउ परेको बारेमा कम्पनीलाई जानकारी गराइसकेको उनीहरुको भनाइ छ ।

त्यस्तै गत मार्च ३१ तारिखमा एमडिआई एसएनडि बिएचडि जोहोरबाट याम बहादुर सिजालि, स्याम बहादुर सुर्याबन्सी, महेश कुमार उपाध्याय, राज कुमार तामाङ, कमाल चालिसे र अर्का थर नखुलेका दिलीपलगायत ६ जनालाई पक्राउ गरेको सोहि कम्पनीमा कार्यरत उनका सहकर्मी नेपालीहरुले जानकारी दिएका छन् ।

यस्तै अप्रिल १ तारिखमा मलेसियाको मलका मजिस्थानास्थित मिनायक टेक्नोलोजी कम्पनीबाट नेपाली श्रमिकहरु मिङमार डोल्मा तामाङ , मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी पक्राउ परेका छन । साथै एसएलसी टेक्नोलोजी कम्पनी सेलाङ्गोरबाट अप्रिल १ मा सन्जिव साहानि लगायत ४ जनालाई प*क्राउ गरेको उनका दाइले जानकारी दिए ।

मलेसिया सरकारले कोरोना रोकथामको लागि गत मार्च १८ आगामी अप्रिल २८ सम्म आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर) लागु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *