Butwal Sandesh

Best Nepali Online Newspaper

सनसिटी अपार्टमेन्टमा बस्ने तिन जनामध्ये २ जनामा कोरोना सं*क्रमणको पुष्टि, एकको रिपोर्ट आउन बाँकी

Spread the love

काठमाडौं, २ वैशाख । सोमबार र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट एकै परिवारका तिन जनालाई थप परिक्षण र उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । ति तिन जना मध्ये दुई जनामा कोरोना सं क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको सं क्रमण पुष्टि भएको हो ।

बाँकी एक जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ । उनीहरु २८ दिन अगाडी गत चैत्र ५ गते बेलायतबाट नेपाल आएका थिए । सोमबार नै सनसिटी प्रहरीद्वारा सिल गरिएको छ ।

लकडाउनमा घर बाहिर दाउरा बालेर मासु पकाउदै नेकपा अध्यक्ष प्रचण्ड 

कोरोना भाइरसको सं क्रमणबाट सुरक्षित रहन यति बेला पुरा देश लकडाउनमा छ। हरेक क्रियाकलाप सोहि अनुसार ठप्प हुने भईहाल्यो ।

कलाकार देखि नेता सबै घर मै छन् अहिले । अत्यधिक समय घर मै बसी राख्दा आलस्य हुने हुदा मानिसहरु विभिन्न घरायसी गतिबिधि गर्न थालेका छन । यस्तै क्रियाकलाप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अपनाएका छन । प्रचण्डले आफ्नै छोरी ज्वाइँसँग घर बाहिर दाउरा बालेर मासु पकाई राखेको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

अरु बेला राजनीतिक क्रियाकलापमा अत्यधिक ब्यस्त रहने प्रचण्डलाई अहिलेको लकडाउनले भने फुर्सद मिलेको छ । त्यसैको सदुपयोग गरेर परिवारसंग घरायसी क्रियाकलापमा पनि ब्यस्त बनाइराखेको स्पष्ट देख्न सकिन्छ । केहि दिन अगाडी नायक आर्यन सिग्देलले पनि घर बाहिर दाउरामा खाना पकाएको तस्विर भाइरल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *