Butwal Sandesh

Best Nepali Online Newspaper

एक मान्छेबाट अर्को मान्छेमा कसरी सर्छ कोरोना, बैज्ञानिकले पत्ता लागाए नयाँ तथ्य

Spread the love

कोरोना भाइरसको सं क्रमण दिनानुदिन बढिरहेको छ भने यसलाई लिएर दैनिक जसो अध्ययन अनुसन्धान भइरहेका छन् । यसको लक्षण वाहेक स्वास लिँदा तथा बोल्दा पनि कोरोना भाइरस फैलन सक्ने दाबी एक वैज्ञानिकले गरेका छन् ।

अमेरिकाको नेशनल इन्स्टीच्युट अफ हेल्थमा सरुवा रोगका प्रमुख रहेका एन्थोनी फासीले अमेरिकाको समाचार च्यानल फक्स न्यूजसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । रुघा खोकीका अलावा यो भाइरस कुराकानी गर्दा मात्र पनि फैलन सक्छ, एन्थोनी फासीले बिरामी मानिस बाहेक स्वस्थ्य मानिसलाई पनि मास्क प्रयोग गर्न अपिल गरे ।

यसअघि नेशनल एकेडेमी अफ साइन्सेस नासले पनि ह्वाइट हाउसलाई एक पत्र लेखेर यो रिसर्चको बारेमा बताएको थियो । नासले पूर्ण रुपमा शोधको नतिजा प्राप्त नभएपनि अहिलेसम्मको अध्ययन अनुसार स्वास लिँदा पनि यो भाइरस सर्न सक्छ । अर्थात यो भाइरस हावामा फैलन सक्छ । यसअघि अमेरिकी स्वास्थ्य एजेन्सीले कोरोना भाइरस बिरामी मानिसले खोक्दा वा उसबाट निस्किएको छिटावाटा सर्ने जनाएको थियो ।

यस्तै कोरोना भाइरसको त्रा*स विश्वभर बढेपछि यसबाट कसरी बच्न सकिन्छ भनेर मानिसहरु अनेकौ उपायहरु गरिरहेका छन् । कोहि मास्क, साबुन, पञ्जा, स्यानिटाइजर लगायतका वस्तु जोहो गर्न लागि परेका छन् भने कोहि यसबाट बच्न सकिने अरु उपायहरु खोजिरहेका छन् । कोरोनाबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने सबैभन्दा राम्रो विकल्प हो ।

तर कोरोनको सं क्रमणबात यस अलावा चिकित्सकहरु शरीरमा प्रतिरोधात्मक शक्ति बढाउने सुझाव दिन्छन् ।पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास गर्छ । जसले सं क्रमण हुनबाट बचाउँछ ।

भिटामिन सी -चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ ।

भिटामिन बी ६-शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न भिटामिन बी ६ को सेवन अनिवार्य छ । भिटामिन बी६मा समावेश हुने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ । भिटामिन बी ६ का प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ । यस अलावा सोयाबीन, चना, दूध र आलूमा पनि भिटामिन बी ६ पाउन सकिन्छ ।

भिटामिन ई -शरीरमा कुनै पनि रोगको सं क्रमण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ । भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम र पालुगाें सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ ।

अमिला फलफूल -अधिकतम रोगमा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन् । इम्यूनिटी बढाउनका लागी मानिसलाई सिट्रस फ्रुट्स आवश्यक पर्दछ ।

अदुवा अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ । त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *