अझै लकडाउन लम्ब्याउने तयारीमा सरकार, मंगलबारको मन्त्रिपरिषद् बैठकले गर्ने छ छिनोफानो
Spread the love
काठमाडौं, १ बैशाख । कोरोना सं क्रमितको संख्या बढ्दै गएपछि थप कदमका लागि निर्णय गर्न मंगलबार विहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा तीन सातादेखि जारी लकडाउन कम्तिमा एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ ।
नेपालमा दोस्रो सं क्रमित देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।
लकडाउन जारी भएयता नै नेपालमा अरु १२ जनामा कोरोनाको सं क्रमण देखिएर सं क्रमितको संख्या १४ पुगेपछि सरकारले अझ कडिकडाउ सहितका निर्णय गर्ने बुझिएको छ ।
सातामा एक दिन सोमबार बस्दै आएको मन्त्रिपरिषद्को आज बस्ने भनिएको बैठक विपद् व्यवस्थापन समितिको बैठकका कारण मंगलबारलाई धकेलिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।