काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास ३ जनामा कोरोना भाइरसको आ*शङ्का । तिनै जनालाइ पाटन अस्पतालमा भर्ना गरियो

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा ¥यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आ’शङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा ¥यापिड डायग्रोस्टिक टेष्ट गर्दा कोरोना भाइरसको आ’शङ्कामा तीनै जनालाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको हो । त्यो टेष्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हँुदैन । परीक्षणपछि मात्र थाहा हुन्छ ।

सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जो’खिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आ’शङ्का देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको स ङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *