Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालका लागि दु*खद खबर : थप २ व्यक्ति कोरोना पोजेटिभ, सं*क्रमितको संख्या १४ पुग्यो

Spread the love

कैलाली । सुदूरपश्चिमको कैलालीमा थप एकजना कोरोना सं क्रमित भेटिएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलालाई र्यापिड टेष्टमा कोरोना नेगेटिभ देखिएको थियो तर राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उनी परिवार सहित वीरगञ्जबाट फर्किएकी बताइएको छ । अस्पतालका प्रमुख डा। तिमिल्सिनाले सं क्रमितलाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल पठाइने तयारी भइरहेको बताए । यो सँगै कैलालीमा कोरोना सं क्रमितको संख्या पाँच पुगेको छ । यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको सं क्रमण पुष्टि भइसकेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । हिजो बागलुङमा एकजना महिलामा कोरोना देखिएको थियो । र्यापिड टेष्टमा उनमा कोरोना देखिएपछि थप परीक्षणका लागि उनको स्वाब पोखरा पठाइएको बताइएको छ ।

त्यस्तै, प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बि’रामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बि’रामी आउने गरेको अस्पतालले जनाएको छ ।

कोभिड–१९ को सं क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बि’रामी समेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बि’रामी बढेको चिकित्सकले बताएका छन् ।

बि’रामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको घिमिरेले बताए । स्वास्थ्य संस्थामा भाइरल ज्वरोको उपचारका लागि दैनिक ६० बि’रामी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । दैनिक बहिरङ्गमामा ४० र आकष्मिक कक्षमा २० जनासम्म बि’रामी आउने गरेको बताइएको छ ।

सामान्य समयभन्दा बि’रामीको संख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बि’रामीको संख्या भने कम रहेको उनले बताए । जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

रुघाखोकी र ज्वरोका बि’रामीलाई जाँच गर्दा कोरोना भाइरस सं क्रमणको आ*शंका भए आइसोलेशनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बि’रामी नआएको अस्पतालले जनाएको छ । अस्पतालले कोरोना सं क्रमणका बि’रामी राख्न चार आइसोलेशन शय्या तयारी अवस्थामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *