डिआईजीको फुली लगाउने यी १० सम्भावित एसएसपीहरु

सरकारले पद खाली भएको २ महिनासम्म बढुवा रोकेर नेपाल प्रहरीमा १२ जना डीआईजीको दरबन्दी कटौती गरेको छ । २०७६ माघ २९ गतेदेखि खाली रहेका २२ डीआईजीमा बढुवा नगरी २ महिना पछि १२ वटा पद कटौती गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेको हो ।

हाल ४ डीआईजी कायम रहेकाले अब १० जनाको मात्रै एसएसपीबाट डीआईजीमा बढुवा हुनेछ । अहिले सूर्य उपाध्याय, नीरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल डीआईजी छन् । त्यसैले अब १० जनामात्रै बढुवा हुनेछ ।

प्रहरीमा ७ वटै प्रदेश प्रमुख डीआईजी हुन्छन् भने अन्य महत्त्वपूर्ण विभागमा समेत डीआईजीले कमान्ड गर्दै आएका छन् । गृह मन्त्रालयका अधिकारीका अनुसार धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले घटाउन लागेको र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै दरबन्दी घटाइन लागेको हो ।

डीआईजी बढुवाको लाइनमा एसएसपीहरू घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, सहकुल थापा, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक, प्रदीपकुमार श्रेष्ठ, अरुणकुमार बीसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, शेखर कोइराला, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्रीलगायत छन् ।

यी दाबेदार मध्यबाट डीआईजी बढुवाको सम्भावित सुचीमा गणेशबहादुर ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, बसन्तकुमार पन्त, सहकुल थापा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रबिन्द्र धानुक, बसन्तकुमार लामा र अरुण बिसि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *