लकडाउनमा घर बाहिर दाउरा बालेर मासु पकाउदै नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं, १ बैशाख । कोरोना भाइरसको सं क्रमणबाट सुरक्षित रहन यति बेला पुरा देश लकडाउनमा छ। हरेक क्रियाकलाप सोहि अनुसार ठप्प हुने भईहाल्यो ।

कलाकार देखि नेता सबै घर मै छन् अहिले । अत्यधिक समय घर मै बसी राख्दा आलस्य हुने हुदा मानिसहरु विभिन्न घरायसी गतिबिधि गर्न थालेका छन । यस्तै क्रियाकलाप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अपनाएका छन । प्रचण्डले आफ्नै छोरी ज्वाइँसँग घर बाहिर दाउरा बालेर मासु पकाई राखेको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

अरु बेला राजनीतिक क्रियाकलापमा अत्यधिक ब्यस्त रहने प्रचण्डलाई अहिलेको लकडाउनले भने फुर्सद मिलेको छ । त्यसैको सदुपयोग गरेर परिवारसंग घरायसी क्रियाकलापमा पनि ब्यस्त बनाइराखेको स्पष्ट देख्न सकिन्छ ।

केहि दिन अगाडी नायक आर्यन सिग्देलले पनि घर बाहिर दाउरामा खाना पकाएको तस्विर भाइरल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *