ईस्वी सम्बतलाई राष्ट्रिय पात्रो बनाऔं भनेपछि हिसिलाविरुद्व खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता, केहि समयमै Tweet डिलिट गरि फेरी अर्को यस्तो Tweet
काठमाडौं । ईस्वी सम्बतलाई राष्ट्रिय पात्रो बनाउनु पर्छ भनेपछि सामाजवादीकी नेतृ एंव पूर्वमन्त्री हिसिला यामीविरुद्व सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । यामीले क्रिश्चियन समुदायको प्रभावमा ईश्वी संवतको कुरा उठाएको भन्दै विरोध जनाएका छन् ।
हिसिलाले सामाजिक सञ्जाल ट्विटरमार्फत भारत, चीन र अन्य विश्वले स्वीकार गरेको इस्वी सम्बतलाई राष्ट्रिय पात्रो बनाउनु पर्ने तर्क अगाडि सारेकी थिइन् । उनले इस्वी सम्बतलाई मुख्य पात्रो बनाउँदै बिक्रम सम्बतलाई दोस्रो पात्रो बनाउनु पर्ने बताएकी थिइन् ।
‘चाईना, भारत र विश्वमा नै ईसाई सम्बत हामी कहाँ कहिले सम्म बिक्रम सम्बतस् अहिले हामी संग जति पनि समय छ, यसबारे सोच्ने कि ?’ हिसिलाले भनेकी छिन् ।
सामाजिक संजालमा उनलाइ चर्को बिरोध भएपछि उनले अगाडीको tweet डिलिट गरि फेरी यो नया tweet गरेकी छिन।
नयाँ आकाश नयाँ धर्ती नयाँ जिवन: Gregorian Calendar primary बनाउँ बिक्रम सम्बत् secondary बनाउँ !!
Happy New Year 2077 (B.S )
Hisila yami— Hisila Yami (@HisilaPost) April 13, 2020
हिसिलाले राखेको प्रस्तावमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाउँदै पात्रो परिवर्तन गर्दैमा विकास नहुने दाबी गरेका छन् । साथै सनातनीक परम्परालाई छोड्न नहुने पनि तर्क गरेका छन् ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले हिसिला यमी इसाईको एजेन्ट भएको भन्दै ठाडो विरोध पनि जनाएका छन् ।
यसअघि उनकै पति तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले पनि इस्वी संवतलाई राष्ट्रिय पात्रो बनाउनु पर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । जसको निकै विरोधसमेत भएको थियो ।
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यसलाई प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो पनि भनिन्छ । यो ग्रेगोरियन पात्रो (अंग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो छ ।