Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाबाट अहिलेसम्म विदेशमा रहेका १४ नेपालीको मृ*त्यु, ७ सयभन्दा बढी सं*क्रमित

Spread the love

कोरोना भाइरसको सं क्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृ त्यु भएको छ । यस्तै यसबाट करिब ७ सय गैरआवासीय नेपाली सं क्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृ त्यु भएको हो ।

एनआएरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसका कारण विभिन्न देशमा मृ त्यु भएका नेपालीको तथ्यांक संकलन गरेको हो ।

जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृ त्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट सं क्रमित भएका छन् ।

अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली सं क्रमित भएका छन् भने बेलायतमा यस्ता नेपालीको संख्या सयभन्दा बढी भइसकेको उनले जानकारी दिएका छन् ।

यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा कोरोना सं क्रमण पुष्टि भएको छ। अन्य देशमा पनि विवरण संकलन भइरहेको एनआरएनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *