Butwal Sandesh

Best Nepali Online Newspaper

आउनुहोस् नयाँ बर्षको पहिलो दिन नयाँ संकल्प गरौं – आफ्नो देशको लागि यस्तो प्रण गरौं । बिक्रम सम्बतको मौलिकताबारे बुझौं ।

Spread the love

आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवतको आरम्भ हुन्छ । यो संवतको आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ ।

ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेको बताउनुभयो । उहाँले आफ्नो पहिचान बोकेको संवतलाइ महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताउनुभयो । ज्यो. सुवेदीले भन्नुभयो, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत बारे कुनै अन्योल पालिरहनु पर्दैन ।”

त्यसैले, नयाँ बर्ष, नयाँ संकल्प : आउनुहोस् यस्तो प्रण गरौं । वितेका बर्ष आफ्नो पौरख र पाखुरीम बाँच्नेहरुका लागि सुखद रहेन । हामीले खाइरहेको गाँस का*टिए र त्यसबाट नेता–मन्त्रीले मेचमान खाए । भ्र*ष्टचार मौलाइरह्यो । राजनीतिक आडमा अ*पराधको श्रृंखला जारी रह्यो । ‘सानालाई ऐन, ठूलालाई चैन’को स्थिती कायम रह्यो । धूर्तहरुले अकुत सम्पति थुपारिरहे, पाखुरी र पसिनामा निर्भर गर्नेहरु अभाव झेलिरहे ।

नेता–मन्त्रीहरुले राज्यको ढुकुटीबाट लाखौं–करोडौं झ्वाम पारिरहँदा, निमुखाहरु सामान्य उपचार नपाएर छ*टपटाइरहे । सर्वसाधरण नेपालीका लागि यो बर्ष दुः´ख, अ´भाव, स´मस्या, ऋ´ण, रो´गमा डुबिरह्यो ।

कामना गरौं, आगमी बर्ष भ्र*ष्टचार, अ*राजकता, खि*चातानी, बे*इमानीको रजगज नचलोस् । इमान र पसिनाको आडमा बाँच्नेहरुले सुखको गाँस खान पाओस् । शान्तिले बस्न पाओस् । औषधि–उपचारको अ*भावमा छटपटिनु नपरोस् । यसका लागि हामीले यस्तो सामूहिक केही प्रण गरौं, जसले नयाँ बिहानीको सुरुवात गरोस् ।

–नेता–मन्त्रीहरुको झुटो आवश्वसनमा फस्ने छैनौं । आफ्नो गाउँ–समाज बनाउनका लागि नेताको मुख ताक्ने छैनौं । दुषित राजनीतिमा लागेर छिमेकी, आफन्तसँगको सम्बन्ध बिगार्ने छैनौं ।

–राजनीतिक स्वार्थका खातिर आफुलाई बलीको बोको बनाउने छैनौं । आफ्नो गाउँ–ठाउँ, समाजमा हुने विकास निर्माणको काममा सहयोगी भूमिका खेल्नेछौं । गाउँ–ठाउँको विकास–निर्माणलाई पारदर्शी बनाउन खबरदारी गर्नेछौं ।

–आफ्नो गाउँ–ठाउँको विकासमा एकजुट भएर लाग्नेछौं । आफ्नो गाउँ–ठाउँमा बृक्षरोपण गर्नेछौं । खेती किसानीलाई प्रोत्साहित गर्नेछौं । सामाजिक वि*कृति र वि*संगतिको अन्त्य गर्नेछौं ।

–सरकारी काममा हुने ढिलासुस्ती, ठ*गीको खुलेर बि*रोध गर्नेछौं । नेता एवं मन्त्रीको पछि लाग्ने नभई आफ्नै बलबूतोको भरमा पेशा, व्यवसाय, उद्यम गर्नेछौं । भ्र*ष्टचारीको भान्सामा पाकेको खानेकुरा खाने छैनौं । भ्र*ष्टचारीले आयोजना गरेको भोज–भत्तेरमा सहभागी हुने छैनौं । आफ्नो इमानले आर्जेको खानेछौं, सुखको जीवन बाँच्ने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *