बेलायती प्रधानमन्त्री बोरिसलाई प्रेमिकाले पठाइन् मन छुने स्टाटस र गर्भको बच्चाको स्क्यान
एजेन्सी । कोरोना भाइरस सं क्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उनकी मंगेतरले गहन हेरचाहमा मनोबल बढाउनका लागि चिठ्ठी र गर्भमा रहेको बच्चाको स्क्यान पठाएकी छन् ।
प्रधानमन्त्री बोरिस कोरोना सं क्रमण भएको कारण उनी र उनकी प्रेमिका क्यारी साइमन्ड्स एक हप्तादेखि अलग रहेका छन् । बेलायतमा दिनदिनै फैलंदै गएको भाइरसले क्यारीलाई धेरै चि*न्तित बनाएको छ ।
एक हप्ताको आरामपछि कोरोना भाइरसको सं क्रमणबाट मुक्त पाएकी क्यारीले बोरिस र उनको गर्भमा रहेको बच्चाको स्वास्थ्यको लागि कामना गेरकी छन् ।
बोरिसलाई आईसीयूबाट वार्डमा सारिएको छ । उनी हाल पनि अस्पतालमा नै छन् । द सनका अनुसार बोरिस र क्यारीले बोरिस अस्पतालमा भर्ना भएको एक हप्तादेखि एक अर्कालाई देख्न पाएका छैनन् ।
क्यारीले दुई महिनापछि बच्चा जन्माउने छिन् त्यसैले उनलाई उच्च जो*खिममा रहेको भन्दै छुट्टिएर बस्न सुझाव दिइएको छ । तर उनी आफ्नो प्रेमीसंगको निकटता कायम राख्न बिभिन्न तवरबाट सम्पर्कमा नै रहेकी छिन् ।
अहिले ख*तरा मुक्त अवस्थामा रहेका बोरिस पनि अस्पतालबाट छुटकारा पाउन आतुर छन् । तर उनको यो आतुरतालाई सेन्ट जोसेफ अस्पतालका चिकित्सकहरुले छिटो र घा’तक हुन सक्ने भन्दै रोकेका छन् ।