Butwal Sandesh

Best Nepali Online Newspaper

२२ वर्षे ‘काइली’ विश्वकै धनी युवास्टारको पहिलो नम्बरमा

Spread the love

एजेन्सी । विश्वकै धनाढ्य यूवा स्टारको सूचिको पहिलो नम्बरमा लगातार दोश्रो पटक टीभी स्टार काइली जेन्नर परेकी छिन् । फोर्ब्सले मंगलबार सार्वजनिक गरेको अर्बपतीहरुको सूचीमा काइली दोस्रो पटक पनि पहिलो नम्बरमा पर्न सफल भएकी हुन् ।

आफ्नै मिहिनेतले काइली सानो उमेरमा नै विश्वकै धनाढ्य यूवा स्टारको सूचीमा छिन् । काइली टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन् । उनको कुल सम्पत्ती एक सय करोड डलर रहेको बताइएको छ । काइली गतबर्ष पहिलो पटक विश्वकै अर्वपत्तीको सूचीमा अटाएकी थिइन् ।

उनले, गतबर्ष काइली कस्मेटिक्सको ५१ प्रतिशत शेयर ब्यूटी कम्पनी कोटीलाई वेचेकी थिइन् । उनले ६० करोडमा शेयर बेचेकी हुन् ।

सन २०१४ मा काइलीले कस्मेटिक व्यापार सुरु गरेकी थिइन् । उनले वेवसाइटको माध्यमबाट कस्मेटिक सामान बेच्दै आएकी छिन् ।

काइलीले आफूलाई कस्मेटिक बजारमा विश्वास भएपनि कहाँसम्म पुग्छु भनेर नसोचेको बताएकी छिन् । विश्वभरका २०९५ अर्बपतीमध्ये ३० बर्ष भन्दा तलको उमेरका युवाहरुको संख्या १० मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *