Butwal Sandesh

Best Nepali Online Newspaper

उडान नहुँदा ११ नेपालीको श*व यूएईमै रोकियो, यतै अन्त्येष्टि गर्ने तयारी

Spread the love

यूएई – कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ११ जना नेपालीको श*व रोकिएको छ । उडान नभएपछि लकडाउन अघि र त्यसपछि ज्या न गु*माएका ११ नेपालीको श*व यूएईमै रोकिएको हो । विभिन्न कारणले ज्या*न गुमाउने ११ नेपालीको श*व अहिले यूएईका अस्पतलामै छन् ।

रुपन्देहीकी बिनु पराजुलीको मृ*त्युपछि मात्रै मृ*त्युको कारण कोरोना भएको अस्पतालले पुष्टि गर्‍यो । उहाँको यूएईमै अन्त्येष्टि गर्ने परिवारको तयारी छ । तर नेपाली दूतावासले पराजुलीको मृ*त्युको कारण पुष्टी गर्न सकेको छैन ।

यस्तै आफ्नै कोठामा मृ*त भेटिएका नुवाकोटका हरिशरण डोटेलको श*व अनुसन्धानका लागि भन्दै राखिएको छ । अनुसन्धान नसकिएकोले अहिलेसम्म डोटेलको मृ*त्युको कारणसमेत खुलेको छैन ।

यूएईमा कास्कीका सम्मरबहादुर सुनार, धनुषाका वीरेन्द्र दास, झापाकी निता चौधरी, ताप्लेजुङका राजु पञ्चकोटी, खोटाङका दिलिप तामाङ, रुपन्देहीका सुरज थापासहित अरु ३ जनाको श*व नेपाल पठाउन सकिएको छैन ।

सामान्य अवस्थामा यूएईमा ज्या*न गु*माएका नेपालीको श*व तीनदेखि सात दिनभित्र नेपाल पठाउने गरिए पनि अहिले कोरोनाका कारण उडान ठप्प हुँदा श*व पठाउन नसकिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

लकडाउन लम्बिंदै जाने हो भने श*वको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ ।

यूएईमै अन्त्येष्टि गर्ने तयारी

उच्च निमोनियाका कारण दुबईमा ज्या*न गु*माएका कास्कीका सम्मरबहादुर सुनारको यतै अन्त्येष्टि गर्ने परिवारको तयारी छ । मृ*तकको छोरा र भाइ यूएईमै कार्यरत भएकाले पनि सुनारको श*व यतै अन्त्येष्टि गर्ने गरी परिवारसँग समन्वय भैरहेको कास्की सेवा समाजका अध्यक्ष केदार कुँवरले जानकारी दिनुभयो । कानुनी रुपमा दूतावासमार्फत आवश्यक प्रक्रिया पुर्‍याएर अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

श*व व्यवस्थापन गर्न प्रयासरत छाै‌ ः दूतावास

आबुधाबीमा रहेको नेपाली दूतावासले श*व व्यवस्थापन गर्ने विषयमा वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

दूतावासले गर्नुपर्ने प्रकृया गरिरहेको र नेपालमा रहेका निकायहरुले प्रकृयागत रुपमा परिवारको अनुमति लिएर श*व यतै अन्त्येष्टि गर्न सकिने व्यवस्था छ । त्यसका लागि परिवारको अनुमति भने अनिवार्य चाहिन्छ । दूतावास आफैंले पनि सम्पर्कमा रहेका सम्बन्धित परिवारसँग सल्लाह गरिरहेको जनाएको छ ।

मृ*तकको सँख्या बढेसँगै यहाँका उच्च निकायमार्फत दूतावासलाई सक्दो छिट्टो श*व व्यवस्थापन गर्न अनुरोध आउन थालेको छ । ‘दूतावास आफैंले श*वको विषयमा निर्णय गर्ने अधिकार राख्दैन, कतिपय परिवारले समन्वय गरेर यूएईमै रहेका आफन्त वा परिवारका सदस्यहरुले यहीँ अन्त्येष्टि गर्ने भन्नुभएको छ,’ श्रम काउन्सिलर थापाले भन्नुभयो ।

एउटा जहाजमा दुई वटा मात्र श*व ल्याउन मिल्छ । । त्यसैले उडान सुरु भए पनि सबै श*व नेपाल लैजान समस्या छ ।

श*व ल्याउने सम्बन्धमा छलफल हुँदैछ : बोर्ड

वैदेशिक रोजगार बोर्डले विदेशमा ज्या*न गु*माउनेको श*व नेपाल झिकाउने र कानुन अनुसार मृ*तकका परिवारलाई राहत र क्षतिपूर्ति दिने गर्छ । तर अहिलेको परिस्थितीमा शव झिकाउन सकिने या नसकिने भनेर बोर्डले विभिन्न नियोगसँग छलफल गरिरहेको जनाएको छ ।

‘यो समस्या झन थपिने देखिएको छ’ बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘बोर्डले विदेशस्थित सबै नियोगहरुलाई पत्राचार गरेर श*वको सँख्या, ल्याउन सकिने वा नसकिने विषयमा छलफल गर्ने र कन्सुलर सेवा तथा विभिन्न निकायसँगको समन्वयमा श*वको व्यवस्थापनका लागि गृहकार्य गरिरहेको छ ।’

अहिले उडान बन्द भएकाले श*व ल्याउन समस्या भएको बोर्डको भनाई छ । यूएईमाभन्दा धेरै मलेसिया, कतार र साउदीमा श*व रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *