Butwal Sandesh

Best Nepali Online Newspaper

अस्ट्रेलियामा रहेका कोरोना सं*क्रमित सबै नेपालीको अन्तिम रिपोर्ट ने*गेटिभ

Spread the love

काठमाडौं। अस्ट्रेलियामा कोभिड १९ सं क्रमित सबै नेपालीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । अस्ट्रेलियाको क्यान्बेरास्थित नेपाली दूतावासका अनुसार घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका कोरोना सं क्रमित सात जना नेपाली हरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको हो ।

दुई साता अगाडि अस्ट्रेलियाको मेलबर्नमा ३ जना र सिड्नीमा चार जनामा कोरोना सं क्रमण देखिएको थियो । अहिले उनीहरु निको भएर पनि आफ्नो दैनिकीमा फर्किइसकेका दूतावासले जनाएको छ ।यस अगाडि पनि तम्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना सं क्रमण देखिएको थियो, उनी पनि सं क्रमणमुक्त भइसकेका छन् ।

दूतावासका अनुसार अस्ट्रेलियामा करिब एक लाख २० हजार नेपालीहरुले बसोबास गर्दै आएका छन् । कोरोनजा भाइरसको सं क्रमण भएका नेपालीबारे सम्बन्धित अवैतनिक दूतावास र एनआरएनलगायतका संस्थासँग समन्वय गरेर दैनिक रुपमा जानकारी लिने गरेको दूतावासले जनाएको छ ।

अस्ट्रेलियामा करिब ५४ जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । वल्र्डोमिटर्सका अनुसार अस्ट्रेलियामा हालसम्म ५३ जनाले कोरोना सं क्रमणका कारण ज्या न गुमाइसकेका छन्, भने सं क्रमितको संख्या ६ हजार २ सय तीन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *